अध्यक्ष नेम्वागंको कदम नसचिएसम्म कुनै वार्ता नगर्ने निर्णय

११ माघ २०७१, आईतवार २२:०६ मा प्रकाशित

काठमाडौ, ११ माघ । संविधानसभामा प्रश्नावली समिति निर्माण गर्ने प्रस्ताव अघि बढाउने सभाध्यक्षको कदम ‘प्रतिगामी’ भएको टिप्पणी गर्दैै विपक्षी मोर्चाले यो नसच्चिँदासम्म सभाध्यक्षसहित सत्तापक्षीय दलहरुसँग वार्ता नगर्ने निर्णय गरेको छ । आईतबार पत्रकार सम्मेलन आयोजना गरेर सभाध्यक्ष सुवास नेम्वाङको कदमले ‘राष्ट्रिय राजनीतिमा गम्भीर धु्रवीकरण गर्ने’ धारणा सार्वजानिक गरेका हुन् ।
सिंहदरबारस्थित एकीकृत नेकपा (माओेवादी) संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विपक्षमा रहेका १९ दलका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल र सभाध्यक्षसँग समेत वार्तामा नबस्ने बताउनुभयो ।
‘‘आज सभाध्यक्षले चाल्नुभएको कदम एउटा ठूलो प्रतिगमनकारी कदम हो । यसल देशलाई शािन्त र संमृद्धितिर होइन, प्रतिगमनतिर धकेल्ने एवं द्धन्द्धतिर धकेल्ने काम गरेको छ ।” प्रचण्डले भन्नुभयो ‘‘सरकार आजको कदम सच्याउने र सहमतिको आधारमा संविधान बन्ने सुनिश्चित नहुँदासम्म हामी सरकार, सरकारसम्बद्ध दल, सभामुख कसैसँग पनि वार्ता गर्ने छैनौँ ।”
उहाँले आजको दिन कलंकको दिन भएको टिप्पणी गर्दै सभामुखको कदमले शान्ति सम्झौता भंग गर्ने तथा विगतका सबै सहमति सम्झौतामहरु तोडेको बताउनुभयो । बैठकले सभाध्यक्षको कदम नसच्चिँदासम्म उहाँको कदममा असहयोग गर्ने निर्णय पनि गरेको छ । प्रचण्डले सभाध्यक्षको कदम नसच्चिँदासम्म उहाँले बोलाउने कुनै पनि बैठकमा सहभागी नहुने पनि बताउँनुभयो । यद्यपी विपक्षी मोर्चाले संविधानसभा बहिस्कार भने नगरेको उहाँको जिकिर थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने