विपक्षी दलको अवरोधबीच सभाध्यक्षद्वारा प्रस्ताव समिति गठन

११ माघ २०७१, आईतवार २२:०४ मा प्रकाशित

काठमाडौं, ११ माघ । विपक्षीहरुको नाराबाजी र तिब्र बिरोधका बाबजुद सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली तयारका लागि प्रस्ताव समिति गठन गरेको घोषणा गरेका छन् । विपक्षीहरुले संविधानसभामा निरन्तर अवरोध गरेपछि नेम्वाङ आफैले संविधानसभा नियमावली २०७० को नियम ९१ बमोजिम समितिमा रहने सदस्यहरुको नामावली सहित प्रस्ताव समिति गठन गरेको घोषणा गरेका हुन् ।

अध्यक्ष नेम्वाङले ७३ सदस्यीय प्रस्ताव निर्माण समितिमा ४९ जना सदस्यहरुको नामावली पेश गरेका हुन् । उनले छिट्टै विपक्षी दलहरुसंग नामावली मागि सबैको सहमतिमा समितिको पूर्ण बैठक ५ गते बस्ने जानकारी दिएका छन् ।

सभाध्यक्षले प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको छ । बहुमतले पारित गरेपछि संविधानसभाको बैठक अर्को सूचना नआइन्जेलसम्मका लागि स्थगित गरिएको छ । सभामुख नेम्बाङले यसबीचमा दलहरुले संवाद र छलफल गरेर विवादीत विषयलाई टुंगाउनु पनि आग्रह गरेका छन् । माघ ५ गतेको कार्यसूचि हटाएर सभाध्यक्ष आफैंले प्रस्ताव समिति गठन गरेका हुन् । प्रस्ताव समितिमा एमाओवादीसहित विपक्षी दलका सभासद् छैनन् ।

आइतबारको बैठक सुरु हुनासाथ एमाओवादी, मधेसवादीसहितका १९ दलका सभासदहरुले नाराबाजी सुरु गरे । तर, नाराबाजीका बीच सभाध्यक्ष नेम्वाङले प्रस्ताव समिति गठनको कार्यसूचीलाई लिएर विवाद देखिएकाले आफूले धेरै छलफल गरेको बताए । बैठकमा उनले यसअघिको कार्यसूची हटाएको घोषणा गरे । साथै प्रस्ताव समिति गठनको प्रस्ताव आफैंले पेश गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले