एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले प्रक्रिया सुरु गर्ने प्रस्ताव पढ्न नदिने

१० माघ २०७१, शनिबार १६:५४ मा प्रकाशित

काठमाडौ, १० माघ । एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संबिधानसभाका सभाध्यक्ष सुबासचन्द्र नेम्वाङलाई प्रक्रिया सुरु गर्ने प्रस्ताव निर्माण समिति गठनको प्रस्ताव पढ्न नदिने निर्णय गरेका छन् । शनिबार बसेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाकाे बैठकले सभाध्यक्षलाई प्रस्ताव पढ्न नदिने निर्णय गरेको हो । शनिबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराईसहितका नेताहरुले सिंहदरबारमा सभाध्यक्ष सुबास नेम्वाङलाई भेटेर एमाओवादी नेतृत्वको विपक्षी मोर्चाकाे बैठकले सभाध्यक्षलाई प्रस्ताव पढ्न नदिने निर्णयबारे अवगत गराएका थिए । यद्यपि मोर्चाका नेताहरुसँगको बैठकमा सभाध्यक्ष नेम्वाङ आफूले शुक्रबार घोषणा गरे अनुसार नियम र प्रक्रिया अनुसार अघि बढ्ने मनस्थितिमा रहेका छन् । प्रक्रिया सुरु गर्न सत्तारुढ दलले यस अघिनै तय गरेको विधि अनुसार संबिधानसभा बैठकको कार्यसूचीमा कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठले प्रस्ताव निर्माण समिति गठन गरियोस भनी सदस्यको नामावलीसहित प्रस्तुत गर्ने र एमाले प्रमुख सचेतक अग्नि खरेलले प्रस्तावको समर्थन गर्ने उल्लेख छ । यस अघि एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले सभाध्यक्षको प्रस्तावलाई सकारात्मक रुपमा लिंदै दुई दिनको समय मागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा