संविधानसभा बैठक स्थगन गरेर सहमतिको ढोका खोल्न प्रचण्डको आग्रह

१० माघ २०७१, शनिबार १६:३३ मा प्रकाशित

काठमाडौं, १० माघ । एमाओवादी अध्यक्ष प्रचण्डले सभामुख सुबास नेम्वाङले दुई साता संविधानसभा बैठक स्थगन गरेर दलहरुलाई सहमतिको मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् । शनिबार संचारकर्मिहरुसंग कुरा गर्दै एमाओवादी अध्यक्षले यस्तो आग्रह गरेका हुन् ।
संचारकर्मिहरुसंग कुरा गर्दै प्रचण्डले भने, ‘सभाध्यक्ष आफैंले नियम मिचेर प्रस्ताव ल्याउँदै भिडन्त निम्त्याउनु भन्दा आफ्नो अधिकार प्रयोग गरेर १० दिन संविधानसभा बैठक स्थगन गरि दलहरुलाई सहमतिको अवसर दिनुपर्छ ।’ प्रचण्डले सहमति भनेको १२ बुँदे सहमतिमा आधारित हुनुपर्नेमा जोड दिए । उनले सहमतिको बाटो छाडेर अन्य बाटोमा हिंड्न खोजे त्यसले ठूलो दूर्घटना निम्त्याउने चेतावनी समेत दिए । ‘पेलेरै अघि बढ्न खोजे भोली प्रतिवाद हुन्छ, त्यो हिजो–अस्तिको जस्तो हुन्न त्यो भन्दा कडा रुपमा हामी प्रतिवाद गर्छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना