‘कांग्रेस-एमालेले ल्याउन लागेको संविधान ल्याउन दिएनौं’

९ माघ २०७१, शुक्रबार ००:४६ मा प्रकाशित

काठमाडौं, ९ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेले ल्याउन लागेको यथास्थितिवादी संविधान ल्याउन नदिएको स्वीकारेका छन् । संबिधानसभाबाट अबेर राति बाहिरिने क्रममा दाहालले संचारकर्मीहरुलाई भने, ‘जनआन्दोलन उल्ट्याएर प्रतिगामी संविधान ल्याउन दिएनौं । यथास्थितिवादी र प्रतिगामी संविधान ल्याउने प्रयास सफल हुन दिएनौं ।’ दाहालले अगाडी भने, ‘अन्तिम समयसम्म सहमतिको कोसिस गर्‍यौं, राजनीतिक बक्तव्य दिन पनि मान्नुभएन,’ उनले भने, ‘बहुमतको दम्भ देखाउने कोसिस भएको छ ।’ दाहालले वाचा गरेको दिन संविधान ल्याउन नसकेको भन्दै क्षमायाचना  गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका