बैद्यसँग प्रचण्डको आग्रह– दुबै पक्षको भेला स्थगित गरेर एकताकोलागी प्रयास गरौ

२४ जेष्ठ २०६९, बुधबार ११:०२ मा प्रकाशित

काठमाडौ, २४ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणलाई दुबै पक्षले बोलाएको भेला स्थगित गरेर पार्टी एकताकोलागी गंभिर पहल गर्न आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डले आज बरिष्ठ उपाध्यक्ष बैद्यलाई टेलिफोन गरेर मुलुक सक्रमणमा रहेको अवस्थामा पार्टी फुट्दा त्यसले जनताले माओवादीमाथि राखेको आशा र विश्वासमा धोका हुने भन्दै पार्टी एकताकोलागी पहल गर्न गर्न आब्हान गरेका थिए ।
बैद्यले आफू पनि पार्टी फुटको पक्षमा नरहेको भन्दै सो विषयमा आफूले आफ्नो विचार समूहसँग छलफल गरेर मात्र केही भन्न सक्ने बताएका थिए ।
आफूहरुमाथि पद लोलुपको आरोप संस्थापन पक्षले लगाएका प्रति गुनासो गर्दै बैद्यले आफूहरुको असहमतिनेतृत्व भन्दा पनि पार्टीको लाईन रहेकोले अनर्गल प्रचार नगर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता