सहमति जुटेन, सुबास नेम्वाङ्गको पहलमा बसेको शीर्ष नेताहरुको बैठक पनि असफल

८ माघ २०७१, बिहीबार २०:०६ मा प्रकाशित

काठमाडौं, ८ माघ । संबिधानसभा अध्यक्ष सुबाश नेम्वाङ्गको पहलमा बसेको शीर्ष नेताहरुको बैठक फेरि असफल भएको छ । संविधानसभामा अवरोध जारी रहेपछि निकास खोज्ने अन्तिम प्रयासमा बसेको शीर्ष नेताहरुको बैठक फेरि असफल भएको हो । निकास निकाल्न दलहरु पुनः सहमतिको अन्तिम प्रयासमा जुटेका थिए । शीर्ष नेताहरुको बैठकमा सत्तारुढ दलहरुले प्रश्नावली समिति गठन गरेर प्रश्नावलीको काम पनि अघि बढ्दै जाने र विवादित विषयहरुमा सहमतिको प्रयास पनि जारी राख्ने प्रस्ताव गरेका थिए । जसमा एमाओवादीले प्रश्नावली समिति गठन गर्ने प्रस्ताव फिर्ता लिएर प्रश्नावली निर्माण गर्ने जिम्मा बाबुराम भट्टराई नेतृत्वको समितिलाई दिनु पर्ने अडान राखेका थिए । दुबै प्रस्तावमा दलहरु अडेपछि सहमति बन्न नसकेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले