काङ्ग्रेसका आदिवासी जनजातिहरूले आज सभापति कोइरालालाई ज्ञापनपत्र बुझाउने

२४ जेष्ठ २०६९, बुधबार ०९:१६ मा प्रकाशित

काठमाडौ, २४ जेठ । नेपाली काङ्ग्रेसमा रहेका आदिवासी जनजाति नेताहरूले आज आदिवासी जनजातिको मुद्दाका विषयमा स्पष्ट धारणा बनाउन माग गर्दै पार्टी सभापति सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउने भएका छन् । संविधान निर्माणका क्रममा पार्टीले आदिवासी जनजातिको सवलामा प्रस्ट दृष्टिकोण नसारेको भन्दै उनीहरूले सभापतिलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् । दिउँसो २ बजेपछि सभापतिलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जनजाति नेता इन्द्रबहादुर गुरूङले जानकारी दिनुभयो । पहिचानका मुद्दालाई पार्टीले बेवास्ता गरेको भन्दै केही जनजाति नेताहरू पार्टीमा रहने नरहने विषयमा समेत द्विविधामा देखिएका छन् । उनीहरूले राज्य पुनस्र्थापना समिति तथा उच्चस्तरीय आयोगले सिफारिस गरेको आधारमा पहिचानसहित सङ्घीय संरचनामा जानुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ