नेपालद्वारा नामिबिया ३ विकेटले पराजित

७ माघ २०७१, बुधबार २२:३० मा प्रकाशित

काठमाडौं, ७ माघ । नामिबियामा जारी आइसीसी वर्ल्ड डिभिजन २ क्रिकेटको आफ्नो चौथो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको छ । जितका लागि नेपालले पाएको १ सय ४३ रनको विजय लक्ष्य ७ विकेट गुमाउँदै ३७ ओभर ५ बलमा भेट्टाएको थियो ।

नेपाललाई जित दिलाउनका लागि कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्दै ६४ रन जोडेका थिए । उनले उक्त योगफल तयार गर्नका लागि ५६ बलको सामना गर्दै ६ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन, बिनोद भण्डारीले १8 रन, सरद भेष्वाकरले ७ रन, सागर पुनले ७ रन, सुवास खकुरेलले ४ रन जोडेका थिए ।

नामिबियाका लागि ग्यारी स्नेमनले ३ विकेट लिएका थिए । यस्तै क्रेग विलियम्सले २ विकेट लिएका थिए भने लुइस क्लान्जिङ्जा र टियान स्नेमन समान १-१ विकेट हात पारेका थिए ।
नामिबियाले टस हारेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ५ बल अगाडी आफ्ना विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो । उसका लागि रेमण्ड भान स्चुरले सर्वाधिक २८ रन जोडेका थिए । जेपी कोट्जेले २७ रन, एल क्लाजिङ्गाले २४ रन जोडेका थिए ।

नामिबियालाई उक्त रनमा समेट्न करण केसीले ३ विकेट लिएका छन् भने सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २-२ विकेट लिएका छन् ।

करण केसीले ६ ओभर १ बल बलिङ गर्दै १ मेडन राखेर १२ रन दिँदै ३ विकेट लिएका छन् । यस्तै, शक्ति गौचनले १० ओभर बलिङ गरेर २ मेडन राख्दै २२ रन दिएर २ विकेट लिएका छन् भने बसन्त रेग्मीले ८ ओभरमा २३ रन खर्चेर २ विकेट लिए र सोमपाल कामीले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिएका छन् ।

पारस खड्काले पनि उत्कृष्ट बलिङ गरेका छन् । उनले विकेट नलिए पनि १० ओभरमा ३ मेडन राख्दै मात्र १९ रन दिएका थिए भने सागर पुनले ५ ओभर बलिङ गर्दै २३ रन खर्चेका थिए भने कुनै विकेट लिन सकेनन् ।

नेपालले जितसँगै डिभिजन १ मा पुग्ने सम्भावना निकै बलियो बनाएको छ । चार खेलमा ३ जित तथा १ हार बेहोरेको नेपालले अन्तिम खेल भोली केन्यासँग खेल्नेछ । यस प्रतियोगितामा अन्य टोली भन्दा कमजोर देखिएको केन्यालाई पनि नेपालले पराजित गर्न सक्ने अनुमान गरिएको छ ।
यदी केन्यालाई पराजित गर्न सके नेपाल लिग विजेताको रूपमा डिभिजन १ मा पुग्न सक्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप

काठमाडौं । खेलाडीमा कोरोना भाइरसकाे आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ । प्रधानमन्त्री (पीएम)

काठमाडौं । मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित

काठमाडौं । सातदोबाटो यूथ क्लबसँग अप्रत्याशित २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्याङ्दी क्लबको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा