माघ ८ लाई लक्षित गरी देशभरिको सुरक्षा कडा

७ माघ २०७१, बुधबार २२:२९ मा प्रकाशित

काठमाडौं, ७ माघ । नयाँसंविधान जारी गर्ने अन्तिम मिति माघ ८ गतेलाई लक्षित गरी सरकारले मुलुकभरको सुरक्षाब्यवस्था थपमजवुत र प्रभावकारी बनाएको छ । संविधान जारी हुँदा र नहुँदाको अवस्थामा उत्पन्न हुन सक्ने सम्भावित घटनालाई लक्षित गरी सुरक्षाब्यवस्था मिलाएको जनाइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद ढकालले माघ ८ गते सुरक्षास्थितिलाई नियन्त्रणभन्दा वाहिर जान नदिन राज्यका चार वटै सुरक्षा निकायबीच आपसी समन्वय गरी जिल्लादेखि केन्द्रसम्म र गाँउदेखि शहरसम्म संयुक्तरुपमा सुरक्षाकर्मी परिचालन गरी सुरक्षाब्यवस्था चुष्त र प्रभावकारी बनाउन निर्देशन दिइ सकेको बताउनुभयो ।
गृह मन्त्रालयमा हप्ता दिनअघि बसेको सेना, प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरीका उच्च अधिकृत सम्लीत सुरक्षा बंैठकले जनधनको क्षति हुन नदिने, सर्वसाधारणको आवात जावतमा असर पर्न नदिने, सडकमा टायर जन्य वस्तु जलाउन नदिने निर्णय भएको जानकारी दिदैं प्रवक्ता ढकालले हिंसात्मक गतिविधि पूर्ण रुपमा नियन्त्रण हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा