संविधानसभा बैठकमा एमाओवादीको आक्रमण सुनियोजित: ओली

७ माघ २०७१, बुधबार २२:२४ मा प्रकाशित

काठमाडौं, ७ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा बैठकमा गत सोमबार मध्यराति एमाओवादी मोर्चाका सभासदहरुले आफूमाथि सुनियोजित रुपमा आक्रमण गरेको दाबी गरेका छन् ।

बालकोटस्थित आफ्नै निवासमा प्रेस चौतारीले आयोजना गरेको प्रेस भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाओवादी सभासद्हरुले आफूलाई लक्षित गरी चार पटक माइक प्रहार भएको बताएका हुन् । उनले भने–‘मलाई लक्षित गरी चार वटा माइक हानियो । एउटा ऋषिकेषजीलाई लाग्यो, दोस्रो विद्यादेवीजीलाई लाग्यो, तेस्रो भुइँमा झर्यो र चौंथोले मलाई लाग्यो ।’ एमाओवादीलाई नांगो गोरुको संज्ञा दिँदै ओलीले भने–‘गोरुलाई नांगै देख्दा मलाई लाज लागेको छैन ।’

उनले संसदमा तोडफोड र अवरोधका घटनाहरु हुने गरेका भए पनि संविधानसभामा कहिले पनि यस्तो घटना हुन नहुने जिकिर गरे । ओलीले विपक्षी दलहरुको हर्कतले जनतालाई भड्काउने काम गरेको बताए ।

माओवादीले ६ महिनासम्म सहमतिको प्रयास गर्ने नभए प्रक्रियामा गएर संविधान बनाउने भनेर गरेको आफ्नै भिष्मप्रतिज्ञा ताडेको भन्दै ओलीले भने, यो संविधानसभाले पनि विगतको नियत भोग्नुलाई निर्माण भएको होइन । हामी पहिलानै संविधान निर्माण गथ्र्यौं । तर, तीन महिनासम्म हाम्रो खुट्टा समाएर बस्यो ।

अध्यक्ष ओलीले पहिचानले देशमा विद्वेश फैलाउने बताउँदै यसले देशलाई सुडान, सिरिया र रुवाण्डा बनाउने बताए । पहिचानको राज्य कस्तो हुन्छ थाहा छैन, उनीहरु जर्बजस्ती भारी बोकाउने प्रयास गरेका छन् । उनले सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यद्धपी ओलीले प्रक्रियामा जाँदा खेरी समय लाग्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका