प्रक्रिया सुरु गरे संविधानसभा छाड्छौं: उपेन्द्र यादव

७ माघ २०७१, बुधबार २२:२२ मा प्रकाशित

काठमाडौं, ७ माघ । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले राज्यको पूर्नसंरचनावारे देखिएको तराईका पाँच जिल्लाको विवादित समाधान गर्न ती जिल्लाहरुलाई केन्द्रिय स्वसासित प्रदेशको रुपमा राख्नुपर्ने प्रस्तावको ठाडै अस्किार गरेका छन् ।

रिपोर्टर्स नेपाल डटकमका लागि ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष यादवले आफूहरुले मधेश आन्दोलन त्यतिकै नगरेको भन्दै जबरजस्ती उक्त प्रस्ताव लागु गरे आफ्नो पार्टीले त्यसलाई नमान्ने स्पष्ट पारे ।

फरक प्रसंङ्गमा यादवले संविधान जारी गर्ने मिति माघ ८ गते भोलि भएकाले सत्तारुढ दलले जबरजस्ती प्रक्रिया सुरु गरे आफ्नो पार्टीले भोलिबाटै संविधानसभा छोड्ने चेतावनी समेत दिए । उनले भने–‘काँग्रेस–एमालले के गर्ने हो त्यसको उत्तर भोलि दिनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ