थारु आन्दोलनका धनबहादुरको उपचारको क्रममा मृत्यु

२४ जेष्ठ २०६९, बुधबार ०९:१५ मा प्रकाशित

काठमाडौं २४ जेठ– नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले आव्हान गरेको आन्दोलनका क्रममा नवलपरासीको डण्डामा प्रहरीको गोली लागी गम्भीर घाइते भएका धनबहादुर थनैत थारुको गएराती निधन भएको छ ।
प्रहरीको गोलीले गम्भीर घाइते भएका थारुको राजधानीको शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई थप उपचारका लागि नयाँ दिल्ली पठाउने सरकारले निर्णयगरे पनि दिल्ली पठाउनु अघि नै उहाँको निधन भएको हो ।
नवलपरासीको डण्डा बजारमा गत बैशाख २७ गते भएको विरोध प्रदर्शनमा प्रहरीले अन्धाधुन्द गोली चलाउदा थारुसहीत एक दर्जन बढी घाइते भएका थिए । प्रहरीको गोली लागी गम्भीर घाइतेहरु महेन्द्र आलेमगर, विशाल चौधरी थारु र तारा थनैतथारुको अहिले पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सो घट्नामा डण्डा बजारमा रहेको थारु सांस्कृतिक संग्रहालय जलाइएको  थियो । नवलपरासी डण्डा किसान स्वर्गीय धनबहादुर थारु थनैतका श्रीमती, एक छोरा र एक छोरी छन् ।
यसैबीच नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले थारुको हत्याको भत्र्सना गर्दै उहाँलाई सहीद घोषणा गर्न सरकारसंग माग गरेको छ । महासंघले मृतकका परिवारलाई राहत उपलब्ध गराउन, रोजगारीको व्यवस्था गर्न र डण्डामा भएको गोली काण्ड, र संग्रहालय आगजानी घटनाको छानविनर गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । माग पुरा नभएसम्म शव नउठाउने महासंघका अध्यक्ष राजकुमार लेखीले बताउनुभयो ।
महासंघले शिक्षण अस्पताल महाराजगन्जमा भेला भई स्वर्गीय थारुप्रति श्रद्धान्जली अर्पण गरेको छ । महासंघले आजै आफ्ना विभिन्न ७१ जिल्लाका समन्वय परिषद कार्यालयमा काम बन्द गर्ने र महासंघको झण्डा आधा झुकाउने भएको छ । महासंघले थारुलाई सहीद घोषणा गर्नुपर्ने भन्दै आजै मुलुक भरको जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस