लस एन्जलसमा ल्होछार कार्यक्रम सम्पन्न, सुन्दरी गायिका संगीता थापा मगरको गित र नृत्यमा झुमे नेपाली

७ माघ २०७१, बुधबार ०८:०३ मा प्रकाशित

लस एन्जलस । दक्षिण क्यालिफोर्नियामा बस्ने नेपालीहरुले तमुहरुको महान पर्व ल्हु ल्हो ल्होछार विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाएका छन् । तमु समाज लस एन्जलसद्वारा आयोजित ल्होछार साँझ सांस्कृतिक कार्यक्रम सुन्दरी गायिका संगीता थापा मगरको लोक तथा दोहोरी गित र नृत्यले तातेको माहोलमा सहभागी लसएन्जलसवाशी नेपालीहरु सबै झुमेका देखिन्थे । तमु समाज लस एन्जलसका अध्यक्ष ज्ञानेन्द्र गुरुङ र पूर्व अध्यक्ष तारा गुरुङले फ्लोरबाट गीतको तालमा नृत्य सुरु गरे पछिLhosar 3 सान्डियागो, क्यालिफोर्नियाका लागि नेपाली वाणिज्य दुत ऋषि ढकाल र एनआरएन अमेरिकाका बलराम थापा कम्मर मर्काइ मर्काई सुन्दरी गायिका संगीता थापाको गीतमा नाच्दा हल गुन्जायमान भएको थियो । लाग्थ्यो लस एन्जलसका सम्पूर्ण नेपालीहरु  नाची रहेका छन् , झुमी रहेका छन् ।
सुन्दरी गायिका संगीता थापा मगरले गीतको टुक्कामा छेड हान्दै सान्डियगो, क्यालिफोर्नियाका लागि नेपाली वाणिज्य दुत ऋषि ढकाललाई  पटक पटक नाच्न अभिप्रेरित गरे पछि हल हाँसो र तालीले गुन्जिएको थियो । गुरुङ पहिरनमा सजिएका युवा युवतीहरुको नृत्य पनि हेर्न लायक देखिन्थ्यो । न्यूयोर्कबाट आएका अर्का लोक गायक राजेश थापाको प्रस्तुतिमा पनि दर्शक मन्त्रमुग्ध हुँदै नाचे । गुरुङ समुदायको पौराणिक संस्कृति रोधी तथा मौलिक नृत्यहरुको संरक्ष्ण र बिकास गर्ने उद्धेश्यले मनाईएको यस पर्वमा अन्य नेपाली गीतहरुमा समेत नृत्य प्रस्तुत गरिएको थियो ।Lhosar LA 1 गएको आइतबार लस एन्जलसस्थित स्थानिय आर्टेशिया शहरको हवेली रेस्टुरेन्टमा आयोजित तमुहरुको महान पर्व ल्हु ल्हो ल्होछार विशेष सांस्कृतिक कार्यक्रम सान्डियगो, क्यालिफोर्नियाका लागि नेपाली वाणिज्य दुत ऋषि ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । ल्होछार साँझ संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

ल्होछार विविध सांस्कृतिक कार्यक्रममा एनआरएन अमेरिकका बरिस्ठ उपाध्यक्ष लोक तिवारी, राप्रपा नेपालका युवा नेता राजेन्द्र लिङ्ग्देन, विदेश भिभाग प्रमुख प्रेमकुमार श्रेष्ठ, जनसम्पर्क समितिका अध्यक्ष गोरख बहादुर बिष्टले ल्होछारको सुभकामना मन्तब्य व्यक्त गरेका थिए भने एनआरएन आइसीसी सदश्य राजेन्द्र सिवाकोटी र स्थानिय पशुपति फाउन्डेशनका अध्यक्ष भक्त थापा लगायतका अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत