लस एन्जलसका राष्ट्रबादी नेपालीहरु अखण्ड नेपालको पक्षमा संगठित

७ माघ २०७१, बुधबार ०७:१५ मा प्रकाशित

लस एन्जलस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट प्रवाशी नेपाली एकता समाजले अमेरिकामा बस्ने नेपालीहरुलाई सनातन हिन्दु धर्म र अखण्ड नेपालको पक्षमा लाग्न अभिप्रेरित गर्दै उनीहरुलाई संगठित गर्ने अभियानमा सुरु गरेको छ । यस अघि भर्जिनिया, मेरिल्याण्ड, न्यूयोर्क लगायत अमेरिकाको ८ राज्यमा संगठन बिस्तार गरी सकेको प्रवाशी नेपाली एकता समाजको गत आइतबार क्यालिफोर्निया च्याप्टर गठन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका युवा नेता राजेन्द्र लिङ्ग्देन र विदेश बिभाग प्रमुख प्रेम कुमार श्रेष्ठको उपस्थितिमा पुराना साहित्यकार एवं राष्ट्रबादी आन्दोलनका अगुवा लस एन्जलस निवाशी शान्तिराम ढकालको अध्यक्षतामा लस एन्जलसका अगुवा समाजसेवी ज्ञानेन्द्र गुरुङ सचिब रहेको प्रवाशी नेपाली एकता समाज अमेरिकाको क्यालिफोर्निया च्याप्टर गठन गरिएको हो ।

निकट भविष्यमै अधिबेशन गर्ने गठन गरिएको तदर्थ समितिको सदस्यहरुमा लक्ष्मण बस्नेत, विमलकुमार गुरागाईं,  कृष्णलाल मिश्र, निलकण्ठ चौलागाईं ,रोशन मानन्धर. राधा शर्मा, मनोहर बिक्रम ठकुरी, बेदनिधी आचार्य, नारायण चापागाइ, झमक निरौला, टेक लामा, साबितत्रा ओली, माधब राणा, गम्भिर प्रसाइ, टिका श्रेष्ठ, राधा सापकोटा, श्याम पाण्डे, टेकनाथ निरौला, ज्ञानेन्द्र खड्का र सोमनाथ कोइराला रहेका छन् ।

भेलामा राष्ट्रबादी आन्दोलनका आगुवा एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका युवा नेता राजेन्द्र लिङ्ग्देन र विदेश बिभाग प्रमुख प्रेम कुमार श्रेष्ठले दलहरुले संबिधान निर्माण गर्न नसक्ने बताउदै सनातन हिन्दु राष्ट्र र अखण्ड मातृभूमिको पक्षमा रहेका अमेरिकन नेपालीहरुलाई नेपालीको साझा पहिचान बनेको हिन्दु धर्म र राष्ट्रिय एकताको प्रतिक संबैधानिक राजतन्त्रको पक्षमा लाग्न आव्ह्वान गरेका थिए । भेलालाई संबोधन गर्दै एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष लोक तिवारीले एनआरएन अब बन्ने संबिधानमा प्रवाशी नेपालीहरुको पहिचान र नेपाली नागरिकताको निरन्तरताको पक्षमा क्रियाशील रहेको हुँदा नेपाली अमेरिकनहरुलाई एनआरएन अमेरिकाको सदश्य बन्दै संगठित हुन आग्रह गरेका थिए । भेलामा एनआरएन अमेरिकाका बोर्ड सदस्य बलराम थापा र नेपाल अमेरिका एकता समाजकी अध्यक्ष शारदा श्रेष्ठले नयाँ कार्यसमितीलाई अमेरिकामा रहेका नेपालीहरुको हितमा काम गर्न शुभकामना दिएका थिए । समाजका अध्यक्ष शान्तिराम ढकालले हिन्दु राष्ट्र सहितको नेपाली पहिचान बचाई राख्न समाज क्रियाशील रहने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको