क्यानडा बिरुद्धको खेलमा नेपाल बिजयी

७ माघ २०७१, बुधबार ०५:०८ मा प्रकाशित

काठमाडौ,  ६  माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले दोस्रो जित दर्ता गराएको छ । नामिबियामा भैरहेको प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा क्यानडालाई ७ विकेटले हराएको हो ।क्यानडाले दिएको ११५ रनको झिनो लक्ष्य नेपालले २३.१ ओभरमा ३ विकेटको क्षतिमा पार गर्याे ।

नेपालको जितमा कप्तान पारस खड्काले ७७ रनको योगदान गरे । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट ३२ र बिनोद भडाण्री १ रनमा अविजित रहे । त्यसअघि ओपनरहरु सुवास खकुरेल र नरेश बुढाएर लगातार आउट भएपनि पारस र ज्ञानेन्द्रको जोडिले उत्कृष्ट ब्याटिङ गरे । सुवास र नरेश दुबै खाता नै नखोलि पेभिलिन फर्केका थिए ।

त्यसअघि युवा बलर करण केशीले ५ विकेट लिएर सनसनी मच्चाएपछि नेपालले क्याडनालाई ४२.२ ओभरमा ११४ रनमा अलाउट गर्न सफल भयो । करणले १० ओभरमा २ मेडन राखेर २६ मात्र दिए । यस्तै सोमपाल कामीले २ विकेट लिए भने पारस, शक्ति गौचन र सागर पुनले १–१ विकेट लिए । क्यनडाको लागि साम्सीराञ्जितले सबैभन्दा बढि नटआउट ३५ रन जोडे ।यसअघि नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई २ विकेटले पराजित गर्दा पहिलो खेलमा युगाण्डासँग २ रनले हारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक