संविधान सभामा गरिएको आक्रमण षड्यन्त्रपूर्ण: प्रधानमन्त्री

७ माघ २०७१, बुधबार ०५:०५ मा प्रकाशित

काठमाडौं, ६ माघ ।प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा (माओवादी)सहितको मोर्चाले संविधानसभाको बैठकमा गरेको आक्रमण षड्यन्त्रपूर्वक भएको बताएका छन्। संविधानसभाको बैठकपछि नयाँबानेश्वरस्थित संविधानसभा भवनमा सत्तापक्ष सभासद्लाई सम्बोधन गर्दै उनले सत्ता पक्षले संयमता अपनाएका कारण ठूलो क्षति नभएको उल्लेख गरे।

‘हिजोको घटना षड्यन्त्रपूर्वक भएको हो, हाम्रो संयमताका कारण थप क्षति हुन पाएन’, उनले मुलुक प्रगतितर्फ उन्मुख भएकाले संविधान दिनुपर्नेमा जोड दिए। ‘एमाओवादी कुरा फेर्न माहिर छन्, रातारात कुरा बदल्दा सहमति गर्न समस्या भयो’, उनले भने।

सोही अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभामा भएको तोडफोडको भत्सर्ना गर्दै संविधान जारी गरेर देशलाई निकास दिनुपर्ने बताए। सत्तारुढ दलसँगको एकतालाई अझ बजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिँदै यस्ता घटनाबाट कोही पनि विचलित हुन नहुनेतर्फ सबैले ध्यान दिनुपर्ने धारणा राखे।

अध्यक्ष ओलीले संविधान नबन्ने हो कि भन्ने निराशालाई आशामा परिणत गर्नुपर्नेमा जोड दिँदै असहज अवस्थामा सबैलाई देशको पक्षमा एकताबद्ध हुनुपर्ने कुरामा जोड दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा

काठमाडौं- विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज २४औँ