चिनिया राजदुत र प्रचण्डवीच भेटवार्ता

२४ जेष्ठ २०६९, बुधबार ०९:१३ मा प्रकाशित

काठमाडौ, २४ जेठ । नेपालकालागी चिनियाँ राजदुत याङ होलेनले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नु भएको छ ।
अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा चिनियाँ राजदुतले मुलुकमा देखिएको पछिल्लो राजनीतिक र संबैधानिका संकट, काग्रेस र एमाले गठबन्धनले गर्न लागेको आन्दोलन र सहमतिको सम्भावनाका विषयमा जिज्ञासा राखेका थिए ।
उनले काग्रेस र एमाले बाहिर रहँदा सहमतिको सम्भावना न्यून बन्दै गएको भन्दै सहमतिमा निकास खोज्न सुझाव दिएका थिए । उनले अब कसरी सहमति हुन्छ प्रतिपक्ष र सत्तापक्ष अलग अलग आन्दोलनको तयारीमा भए पछि भनेर जिज्ञासा राखेका थिए ।
प्रत्यूत्तरमा प्रचण्डले मुलुकमा जारी संकट निवारणकोलागी सहमतिको विकल्प नभएको भन्दै सहमतिमै मुलुकले निकास पाउने विश्वास ब्यक्त गरेका थिए । उनले आफू सहमतिकोलागी प्रयास रत रहेको समेत बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई