संविधानसभा ब्युताउने बहस सुरु, कांग्रेसका पूर्वसभासदको भेला

२४ जेष्ठ २०६९, बुधबार ०९:०६ मा प्रकाशित

काठमाडौं, २४ जेठ । सरकारले चुनाव वाहेको अरु विकल्प नभएको बताएपनि संविधानसभा पुनस्थापनाको आवाजले बहसको रुप लिन थालेको छ । अहिले सम्म किनारामा भएको बहस विस्तारै केन्द्रमा आउने प्रक्रियामा रहेको छ । संविधानसभा पुनस्थापनालगायतका विषयमा आज नेपाली काङ्ग्रेसका निवर्तमान सभासद्हरूले थप छलफल गर्ने भएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि हिजो त्यस विषयमा छलफल गर्न सकिने बताएका थिए । छलफलमा संविधानसभा पुनस्थापना र पर्सि राजधानीमा हुने प्रदर्शनबारे छलफल हुने बताइएको छ । दिउँसो १२ बजेपछि हुने निवर्तमान सभासद्हरूको छलफलमा सभापति सुशील कोइरालाले समसामयिक राजनीतिका विषयमा पार्टीको दृष्टिकोण प्रस्तुत गर्नुहुने छ । संविधानसभा पुनस्थापना गरेर संविधान लेखनको बाँकी कामलाई निरन्तरता दिनुपर्ने माग गर्दै केही सभासद्हरूले केही दिन राष्ट्रपतिलाई समेत आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको