फोरम लोकतान्त्रिकका बरिष्ठ नेता शरदसिह भण्डारी पार्टीबाट निष्कासित

२३ जेष्ठ २०६९, मंगलवार २०:४० मा प्रकाशित

काठमाडौ, २३ जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ नेता शरदसिह भण्डारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।
फोरम लोकतान्त्रिकको आज बसेको केन्द्रीय कार्य समितिको बैठकले अनुशासन समितिको सिफारिसमा भण्डारीलाई निष्कासन गरिएको हो ।
भण्डारीलाई पार्टीको नीति र निर्णय विपरित सरकार विरुद्ध काग्रेस र एमालेसँग गठबन्ध गरेको , चुनाव गर्ने सरकारको निर्णय विरुद्ध राष्ट्रपतिसमक्ष गएर लविङ गरेको, पार्टीमा गुटबन्दी गरेको  र संघीयता विरोधी सँग साठगाठ गरेर संघीयतालाई कमजोर बनाउन लागेको लगायतको आरोप लगाउँदै पार्टीबाट निकालिएको बताईएको छ ।
बैठकपछि अध्यक्ष विजयकुमार गच्छदारले संघीयता र पार्टी विरुद्ध लाग्ने सबैलाई कारवाही गर्ने स्पष्ट पार्दै भोली पुन बस्ने बैठकले त्यस्तालाई कारवाही गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार