वाशिंगटन डिसीमा किरणमान चित्रकारद्वारा एकल छायाचित्र प्रदर्शन सम्पन्न

२३ जेष्ठ २०६९, मंगलवार २०:१३ मा प्रकाशित

वाशिंगटन डिसी, अमेरिका । यहि जुन ३ तारिख, आइतबार आर्लिंगटन पुस्तकालय, आर्लिंगटन, सयुक्त राज्य अमेरिकामा किरणमान चित्रकार द्वारा आफु र उहाँका पुर्खाहरुद्वारा खिचिएका तीनपुस्ते ऐतिहासिक छायाचित्रहरुको एकल प्रदर्शन गरियो । किरणमान चित्रकारद्वारा विश्वका अनेकौ राष्ट्र अमेरिका, बेलायत, फ्रान्स, स्विटजर्ल्याण्ड, जापान, भारत, जर्मनी, रुस तथा अन्य देशमा प्रदर्शनी गरिसकिएको र पुन: अमेरिकाको वाशिंगटन डिसीमा एकल छायाचित्रको प्रदर्शन अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा. शंकर प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न गरियो । उक्त कार्यक्रममा यस समुदायका विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरु, समाजसेवी र विभिन्न वर्गका व्यक्ति तथा कुटनीतिज्ञहरुको पनि गरिमामय उपस्थिति रहेको थियो ।

औपचारिक रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा किरण चित्रकारकी छोरी क्रिस्टिना चित्रकारले सबैलाई स्वागत गर्दै सहयोग गर्नु भएकोमा धन्यबाद व्यक्त गरिन् । छोरी चित्रकारले जिजु बुवा दिर्घमान चित्रकार तत्कालिन राणा प्रधानमन्त्री चन्द्र समशेर जंग बहादुर राणाको साथमा ईस्वी सन् १९०८ मा छायाचित्रकार (फोटो ग्राफर) भै बेलायत भ्रमण गर्नुहुने नेपालका पहिलो फोटो ग्राफर हुनु हुन्थ्यो भन्दै हजुरबुवाको बारेमा केहि जानकारी दिएकी थिइन् । मन्तब्य ब्यक्त गर्दै किरणमान चित्रकारले बिषेश सहयोग गर्नु हुने महामहिम राजदूत डा. शंकर प्रसाद शर्मा तथा नेपालका लागि पुर्व अमेरिकन राजदूत माइकल म्यालीनोस्की प्रति कृतज्ञता ज्ञापन गर्दै आफ्नो पिता गणेश मान चित्रकार इस्वी सन् १९५५ मा काठमाडौँ उपत्यकाको हवाई जहाजद्वारा छायाचित्र (एरिअल फोटो) लिने प्रथम छायाचित्रकार हुनुहुन्थ्यो भनि जानकारी गराउनुभयो र डिसी वासी प्रति खुशी व्यक्त गर्नुहुदै ए एन ए का महासचिब विजय थापाको सहयोगको सराहना तथा आफ्नी धर्मपत्नी प्रति पनि आभार व्यक्त गर्नु भयो ।

कुटनीतिज्ञहरुको तर्फबाट नेपालका लागि पुर्व अमेरिकन राजदूत माइकल म्यालीनोस्कीले पनि एकल फोटो प्रदर्शनी बारेमा खुशी र चर्चा गर्दै किरण चित्रकारको प्रसंशा गर्नुभयो । प्रमुख अतिथि महामहिम राजदूत डा. शंकर प्रसाद शर्माले मन्तब्य ब्यक्त गर्दै किरण चित्रकार एक सफल कलाकार हुन् र पुर्खाले गरेको कार्यलाई निरन्तरता दिएकोमा गर्व गर्दै वाशिंगटन डिसी क्षेत्रमा यस्तो कार्यक्रम गर्दा आफू हर्षित भएको र सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो ।

उक्त कार्यक्रम नेपाली दूतावास वाशिंगटन डिसी तथा वाशिंगटन डिसी क्षेत्र वरिपरी बिभिन्न संघ तथा संस्थासंग आबद्ध पदाधिकारी तथा समाजसेवी पर्ल रेग्मी, युवा फोटोग्राफर विक्रान्त मान श्रेष्ठ तथा भरत बराईलीको सहयोगमा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको संचालन ए एन ए का महासचिब विजय थापाले गर्नु भएको थियो । उक्त प्रदर्शन अबलोकन गर्न १ बजे देखि बेलुका ७:३० सम्म खुला गरिएको थियो । उक्त कार्यक्रममा वाशिंगटन डिसी क्षेत्रका संचारकर्मीहरु क्रमस सगरमाथा टिभी (युएसए ), डिसीनेपाल डटकम, नेपाल होराइजन डटकम, नेपालीपोस्ट डटकम, ईनेपालिज़ डटकम, रेडियो दोभान, अमेरिका नेपाल टिभी, नेपाल मेडिया क्याफे, मेरोदेश टिभी, ग्लोब नेपाल डटकमको उपस्थित रहेको थियो । आयोजकको तर्फबाट सबैलाई धन्यबाद ज्ञापन गरिएको थियो । समाचारहरु प्रकाशित गर्नु हुने बोस्टन नेपाल डटकम, टेक्सास नेपाल डटकम, एल ए नेपाल डटकम, हाम्रो समाज डटकम, बी आर टि नेपाल डटकम, साझा डटकम, जनपुकार डटकम, मदरल्याण्ड नेपाल तथा विश्वपरिक्रमा डटकम प्रति आयोजक आभार ब्यक्त गर्दछ ।

नेपाल अमेरिका पत्रकार संघका निवर्तमान अध्क्ष्य कृष्ण शर्मा, कान्तिपुरका संजय न्यौपाने, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज डिसी शाखाका अधक्ष्य प्रकाश नेपाल, अमेरिका नेपाल सोसाईटीका निवर्तमान अध्क्ष्य खेम भट्टचन तथा न्यु योर्कबाट आउनु भएकी मृदुला कोइराला ,नेपाली दुतावासका नियोग प्रमुख अर्जुन कान्त मैनाली, शिक्षण अस्पताल महाराजगन्जका वरिसष्ठ शल्य चिकित्सक महेश खकुरेल, नेपाल दूतावासका प्रथम सचिव आनन्द प्रसाद शर्माको पनि उपस्थिति रहेको थियो । नेपालका लागि पुर्व अमेरिकन राजदूत माइकल म्यालीनोस्की अन्त सम्म रहनु भै सहयोग गर्नु भएको थियो र वहाको सहयोग लागि आयोजकको तर्फबाट कृतज्ञता ज्ञापन गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी