११ बुँदे घोषणापत्र जारी गर्दै एनआरएन पाँचौ युरोपियन क्षेत्रिय वैठक संपन्न

२३ जेष्ठ २०६९, मंगलवार २०:०९ मा प्रकाशित

शालिक गौतम, बेल्जियम । गैरआवासीय नेपाली संघ पाचौ युरोपियन क्षेत्रिय वैठक एघार बुँदे घोषणापत्र जारी गर्दे नेदरल्याण्डको आमस्टाडामा संपन्न भयो । नेपालले २०१२/२०१३ लाई लगानी वर्षको रुपम घोषणा गरेकोले र प्राथमिकतामा परेका विषयहरु मध्ये जलुविद्युत परियोजनामा सामुहिक लगानी गर्ने, अन्य सामाजिक सेवामुलक च्यारिटी परियोजना र एकदेश एक परियोजनामा जोड दिदै बैठक सकिएको छ । कार्यक्रम १-३ जुनमा नेदरल्याण्डसमा भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष संस्थापक अध्यक्ष, संरक्षकहरु तथा पदाधिकारीहरु एवं १४ देशबाट प्रतिनिधित्व गर्नु हुने २०० भन्दा बढी गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा ”गैर आवासीय नेपाली संघको दिगोपन र आपसी संजालको सुदृढिकरण” विषयलाई केन्द्रविन्दुमा राखि आमस्ट्राडाम, नेदरल्याण्डमा पाँचौ युरोपियन क्षेत्रिय वैठक सम्पन्न भएको हो ।

कार्यक्रममा एनआरएनको संस्थागत विकास, संबन्ध विस्तार र सहकार्य जस्ता विषयहरुलाई कसरि प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयहरुमा छलफल भएको थियो । एनआरएनले पाँचौ विश्व सम्मेलनले तय गरेको सामुहिक लगानी तथा च्यारिटी परियोजनाहरुका बारेमा छलफल भएको थियो । एनआरएनले पाँचौ विश्व सम्मेलन पश्चातका पछिल्ला चार महिनामा एक करोड एकहत्तर लाख रुपयाँ नेपालमा दैवि प्रकोप तथा आपतकालिन मानविय सेवाका कामहरुमा लगानी गरेको एनआरएन च्यारिटी कार्यदलका सहअध्यक्ष सपिला राजभण्डारीले जानकारी गराइन । युरोपियन क्षेत्रका देशहरुबाट च्यारिटी परियोजनाका ८६ हजार युरो संकलन हुने भएको र अझै यो कोष बढ्न सक्ने बताइएको छ । लगानीका कुरा मात्रै गर्ने तर काम कहिलै नगर्ने भन्ने हाम्रो जिज्ञासामा युरोपियन क्षेत्रिय संयोजक कुमार पन्तले आगामी अक्टोबर सम्ममा सामुहिक लगानीका लागि पैसा जम्मा भै सक्ने ठोकुवा गरे ।

गैर आवासीय नेपाली संघको स्थायित्व र संस्थागत विकासका लागि विभिन्न एजेण्डाहरुमा छलफल भएको थियो । कार्यकूमा डा. उपेन्द्र महतोले सामुहिक लगानी, जिवा लामीछानेले च्यारिटी, राम प्रताप थापाले नेपाली नागरिकताको निरन्तरता, हितमान गुरुगले एनआरएन अभियान अन्तरगत भए गरेका उपलब्धिहरुको समिक्षा, लक्ष गुरुगले एनआरएन युरोपको संजाल तथा हित र सुरक्षित आप्रवासनका बारेमा विषयगत छलफलहरु गराएका थिए । विभिन्न देशका एनआरएनहरुको अनुभव तथा सिकाइका आधारमा भएका सहमतीलाई सिड्नीमा हुने क्षेत्रिय सम्मेलनबाट विधान संशोधन गरेर लागू गरिने जनाइएको छ । आगामी युरोपियन क्षेत्रिय बैठक स्वटिजरल्याण्डमा हुने समेत निर्णय भएको छ । उद्घाटन सत्रको सभापतित्व युरोपियन संयोजक कुमार पन्त र समापन समारोहको सभापतित्व एनआरएन नेदरल्याण्डका अध्यक्ष नारायण आर्चायले गरेका थिए ।

जारी घोषणापत्रहरू

गैरआवासीय नेपाली संघ पाचौ युरोपियन क्षेत्रिय वैठकद्वारा जारी

आमस्ट्राडाम, नेदरल्याण्ड

निर्णयहरु

१–३ जुन २०१२ (१९–२१ जेठ २०६९)

 

गैरआवासीय नेपाली संघका अध्यक्षज्यू, संस्थापक अध्यक्षज्यूू, संरक्षकहरु, तथा पदाधिकारीहरु एवं १४ देशबाट प्रतिनिधित्व गर्नु हुने २०० भन्दा बढी गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा गैर आवासीय नेपाली संघको दिगोपन र आपसी संजालको सुदृढिकरण” विषयलाई केन्द्रविन्दुमा राखि आमस्ट्राडाम, नेदरल्याण्डमा पाँचौ युरोपियन क्षेत्रिय वैठक सम्पन्न भएको छ ।

यस भेलामा गैरआवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदका पदाधिकारीहरु, क्षेत्रिय संयोजक, क्षेत्रिय उपसंयोजक, महिला उपसंयोजक, सदस्यहरु, युरोपियन मुलुकमा रहेका राष्टिय समन्वय परिषदका पदाधिकारी, प्रतिनिधीहरु, विभिन्न कार्यदलकाका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको यस सम्मेलनलाई संघका संस्थापक अध्यक्ष, वर्तमान अध्यक्ष, उपाध्यक्ष, संरक्षक र यसमा सकृय वक्ताहरुले संवोधनका साथै सान्र्दभिक विषयहरुमा प्रस्तुतिकरण गर्नु भएको थियो । यस पाचौं युरोपियन क्षेत्रिय वैठकमा नेपालबाट पत्रकार तथा कलाकारहरुको पनि उपस्थिती रहेको थियो ।

यस पाचौं युरोपियन क्षेत्रिय वैठकमा व्यक्त विचारलाई समेट्दै यो वैठक निम्न निर्णय गर्दछः

१. तोकिएको समयमा नेपालमा संविधान जारी गर्ने काम संपन्न हुन नसकेकोमा यस भेला गहिरो दुःख व्यक्त गर्दछ । मुलुकको वर्तमान जटिल अवस्थालाई मध्यनजर गर्दै सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण्ण राख्न यसपुर्व भएका सहमतिहरुलाई कायम राख्दै राजनैतिक दलहरुको सहमतिमा यथाशिघ्र शान्तिपुर्ण निकासको लागि यो भेला हार्दिक आग्रह गर्दछ । नेपाल बाहिर रहेका करिव एक चौथाई मतदाताहरुलाई निर्वाचनमा सहभागी गराउने संभावनाको अध्ययन गर्न निर्वााचन आयोगले थालेको कदम प्रति वैठक स्वागत गर्दै मतदानको व्यवस्था गर्न गैर आवासीय नेपाली संघ हरेक किसिमले सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।

२. नेपाल सरकारले २०१२÷२०१३ लाई लगानी वर्ष रुपमा मनाउने निर्णय गरे अनुसार यसलाई सफल बनाउन गैरआवासीय नेपाली संघ, नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघ वीचको सहकार्यमा सामुहिक लगानीका माध्यमबाट देशमा सरकारले तोकेका प्राथमिकताका क्षेत्रहरुमा उल्लेख्य लगानी गर्न प्रतिवद्ध रहेको कुरालाई यस भेलाले दोह¥याउन चाहन्छ । नेपालको आर्थिक समृद्धिको लागि १०० मेघावाटसम्मको मध्यमस्तरीय जलविद्युत आयोजना गैरआवासीय नेपालीको लगानीमा संचालन गर्न लागिएको परियोजनामा युरोपियन क्षेत्रमा रहेका गैर आवासीय नेपालीहरु सकारात्मक रहेको कुरालाई यो भेलाले स्पस्ट गर्दछ ।

३. विभिन्न राष्टिय समन्वय परिषदहरुबाट सामाजिक तथा दैवी प्रकोपबाट प्रभावित नेपालीहरुलाई आपतकालिन मानविय सहयोग, शिक्षा, स्वास्थ्य तथा मानविय सहयोग उपलब्ध गराउन समय समयमा प्राप्त सहयोगको उच्च मुल्याँकन गर्दै युरोपियन क्षेत्रिय संयोजकको पहलमा रु ५० लाख भन्द बढि रकम सामाजिक कार्यमा योगदान गर्ने यस पुर्व भएको निर्णय अनुसार यो भेलामा व्यक्त सहयोगको प्रतिवद्धता प्रति यस बैठकमा प्रतिनिधित्व गर्नु हुने राष्टिय समन्वय परिषदहरु प्रति हार्दिक आभार व्यक्त गर्दछ । नेपालमा भैपरि आउने दैवि प्रकोपहरु तथा आपतकालिन मानविय सेवाका क्षेत्रहरुमा आवश्यक सहयोग परिचालन गर्ने गराउने विषयमा स्पस्ट आचारसंहिता अन्तराष्टिय समन्वय परिषदले बनाउनु पर्ने आवश्यकता यस वैठकले महसुस गरेको छ ।
४. अन्तराष्टिय समन्वय परिषदको निर्देशन अनुसार युरोप स्थित राष्टिय समन्वय परिषदहरुले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सीप विकास संबन्धि कम्तिमा एक आयोजना संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
५. “एक पटकको नेपाली स“धैको नेपाली” भन्ने भावनालाई सार्थक बनाउन वाध्यतावस विदेशी नागरिकता लिए पनि नेपाली नागरिकता त्याग्नु नपर्ने गरी आगामी संविधानमा व्यवस्था हुने कुरामा यस बैठक विश्वस्त छ । गैरआवासीय नेपाली सम्बन्धी ऐनमा गैरआवासीय नेपालीको परिभाषा लगायत विषयहरुमा गैरआवासीय नेपालीहरुले राख्दै आएका सुझावहरु समेटी सम्बन्धित ऐन नियमहरुमा परिमार्जन गर्न नेपाल सरकार संग आग्रह गर्दछ ।
६. गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद तथा राष्टिय समन्वय परिषदका निर्वाचन पद्धतिमा सुधार गर्न र यसको साख तथा गरिमालाई बचाइराख्न के गर्दा उचित हुन्छ भन्ने विषयमा आफ्ना सल्लाह सुझावहरु उपलब्ध गराउन सवै राष्टिय समन्वय परिषद र यस संस्था प्रति प्रतिवद्ध सवै गैर आवासीय नेपालीहरुलाई आग्रह गर्दछ । यो सल्लाह सुझाव आगामी १ महिना भित्र उपलब्ध गराइ सिड्नीमा हुन गैरहेको छैठौ क्षेत्रिय सम्मेलनमा छलफलका लागि प्रस्तुत गर्न अनुरोध गर्दछ ।

७. युरोपियन मुलुकहरुले अवैधानिक रुपमा वसाइ गरेको भनि आधिकारीक कागजातविना नेपाली भाषा बोलेकै आधारमा जवरजस्ती सुपरर्दगि गर्ने गरिएको र नेपाली अध्यागनम विभागले समेत स्वीकार गर्ने गरेकोले आधिकारीक कागजात र पहिचान विना नेपाल सरकारले संवन्धित व्यक्तिको चाहाना विपरित स्वीकार नगर्नको लागि यस वैठक जोडदार माग गर्दछ ।

८. नेपाल हाउस स्थापना गर्ने दिशामा हालसम्म भएका राष्टिय समन्वय परिषदहरुबाट भएका कार्यहरुको प्रशंशा गर्दै अन्य मुलुकहरुमा पनि यस्ता परियोजना संचालन गर्न अभिप्रेरित गर्दछ ।

९. गैर आवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउन थप प्रयास गरिनु पर्ने, महिलाहरु विचको संपर्क विस्तार गर्नु पर्ने साथै महिलाहरुको उत्थानको लागि कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

१० पाँचौ युरोपियन क्षेत्रिय वैठकलाई सफल बनाउनको लागि सहयोग गर्नु हुने बेनेलुक्स स्थित नेपाली दुतावास, गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद, राष्टिय समन्वय परिषद, पत्रकार, कलाकार तथा विभिन्न संघसंस्था तथा सम्पुर्ण सहयोगीहरु प्रति यो बैठक हार्दिक धन्यबाद तथा आभार प्रकट गर्दछ ।

११. आगामी युरोपियन क्षेत्रिय छैठौ बैठक आया्जना गर्नको लागि राष्टिय समन्वय परिषद स्पेन र स्वीटजरल्याण्डले इच्छ्या जाहेर गर्नु भएकोमा २ देशका एनआरएनका पदाधिकाीहरुको छलफलमा आगामी छैठौ युरोपियन क्षेत्रिय भेला स्वीटजरल्याण्डमा आयोजना गर्ने राष्टिय समन्वय परिषद स्वीटजरल्याण्डको प्रस्ताव सहर्ष स्वीकार गरि धन्यबाद ज्ञापन गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद