कोइरालासँग उद्योगीब्यवसायीको गुनासो–उद्योग ब्यापारमा नकारात्मक असर पर्यो

२३ जेष्ठ २०६९, मंगलवार १८:१६ मा प्रकाशित

काठमाडौ, २३ जेठ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपाल उद्योग वाणिज्य महासङ्घको एक प्रतिनिधिमण्डलले आज भेट गरी सङ्क्रमणकालीन राजनीतिक अवस्थाले उद्योग वाणिज्य क्षेत्रमा परेको नकारात्मक असरलगायतका बारेमा छलफल गरेको छ । संविधानसभाबाट संविधान नबनेकाले उद्योग धन्दामा त्यसको प्रतिकूल असर पर्न थालेको हुँदा त्यसलाई समाधान गर्न महासङ्घले माग गरको थियो । बन्द हडताल, लोडसेडिङ र विभिन्न सङ्घसङ्गठनका नामबाट चन्दा आतङ्क बढेकाले नेपाली उद्योगी पलायन हुने स्थिति आएकोबारेमा सभापतिलाई ध्यानाकर्षण गराएको महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले जानकारी दिए । त्यसअवसरमा सभापति कोइरालाले राजनीतिक अन्यौलको अवस्था रहे पनि मुलुकको समग्र आर्थिक क्षेत्रलाई स्वतन्त्ररुपमा अघि बढाउन आफ्नो पार्टी तयार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ