गतिरोध अन्त्यकालागी छलफल गर्न काग्रेस तयार ः पौडेल

२३ जेष्ठ २०६९, मंगलवार १८:१४ मा प्रकाशित

काठमाडौ, २३ जेठ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि रोबर्ट पाइपरबीच आज भेटवार्ता भएको छ । पौडेल निवास बोहोराटारमा आज बिहान भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो । भेटमा पाइपरले संविधान लेखनमा भइरहेको गतिरोध र त्यसको निकास कसरी निस्कन्छ भन्ने बारमा नेता पौडेलसँग जिज्ञासा राखेका थिए ।  त्यसक्रममा नेता पौडेलले सामथ्र्य र पहिचानका आधारमा राज्य पुनःसंरचना गरी संविधानका विवादित विषयहरुमा समाधान खोज्ने प्रयास भए पनि त्यसो हुन नसक्दा अहिलेको राजनीतिक सङ्कट पैदा भएको बताउँदै दलहरुबीचमा वार्ता र सहमतिबाटै गतिरोध अन्त्य हुने बताए । नेता पौडेलले राजनीतिक गतिरोधको अन्त्यका लागि छलफल अगाडि बढाउन नेपाली काँग्रेस तयार रहेको पौडेलले आश्वासन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न