प्रचण्ड संविधानसभा ब्यूताउन तयार

२३ जेष्ठ २०६९, मंगलवार १८:०७ मा प्रकाशित

काठमाडौ, २३ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा दलहरुवीच सहमति जुटे विघठित संविधानसभा सहमतिमा पुर्नस्थापन गर्न सकिने बताएका छन ।
सत्तारुढ  गठबन्धन ले राजधानीमा आज आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा प्रचण्डले राजनीतिक दलहरूबीच सहमति भएमा यस्तो सम्भावना पनि जिवितै रहेको स्पष्ट पारेका हुन ।
उनले संविधानसभा विघटनमा जो जो दोषी रहे पनि मुलुकलाई निकास दिन फेरि पनि सहमतिको विकल्प नभएको धारणा राख्दै  संविधानसभालाई बचाउन आफ्नो दलले अन्तिम समयसम्म प्रयास जारी राखे पनि काङ्ग्रेस, एमालेलगायतका दलका नेताका कारण विघटन हुन पुगेको दावी गरे ।
उनले अहिले काग्रेससहितका केही दलका सभासदहरुले संविधानसभा ब्यूताउन गरिरहेको प्रयास सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास भएको दावी पनि गरे
उनले आफू अहिले सहमतिकोलागी प्रयासरत रहेको उल्लेख गर्दै राष्ट्रपति, काग्रेस र एमालेका नेताहरुसँग निरन्तर छलफल गरिरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका