यसरी निष्काशित हुंदैछन् प्रचण्ड र बाबुराम

२३ जेष्ठ २०६९, मंगलवार १५:१६ मा प्रकाशित

फुट र एकताको दोसा“धमा रहेको माओवादी पार्टीलाई फुटको औपचारिक घोषणा हुनुबाट अनेक तिगडम गरी रोक्दै आएका प्रचण्ड अब त्यसमा असफल हुने सम्भावना बढेको छ । एकीकृत नेकपा माओवादीभित्र क्रान्तिकारी विचार समूहका रुपमा लामो समयदेखि चिनिंदै आएको मोहन वैद्य समूह असारको पहिलो सातादेखि छुट्टै राजनीतिक दलको रुपमा अस्तित्वमा आउने भएको छ । क्रान्तिकारी विचार समूहका नेताहरुले भने उक्त भावी कदमलाई छुट्टै पार्टी गठन गरिएको रुपमा नभई नेकपा माओवादीको पुनर्गठनका रुपमा परिभाषित गर्दैछन् । यसका लागि वैद्य पक्षले आगामी असार २, ३ र ४ गते काठमाडौंमा विशेष भेला डाकेको छ ।
पार्टीको कार्यदिशाका बारेमा व्यापक छलफल गरी ठोस नीति तय गर्ने उद्देश्य राखिएको सो भेलामा देशभरिका तेह्र राज्य समितिका दुई हजारभन्दा बढी प्रतिनिधि सदस्यहरु सहभागी गराइने भएको छ । प्रचण्ड–बाबुरामको शान्ति र संविधान निर्माणको कार्यनीति असफल भएकोले भेलाले प्रचण्ड–बाबुरामलाई दक्षिणपन्थी, अवसरवादी र प्रतिक्रियावादीमा रुपान्तिरित भएको घोषणाका साथ पार्टीबाटै निष्काशन गर्ने तयारी समेत गरेको बुझिएको छ । सो समूहका एक नेताकाअनुसार भेलाले ‘जनसेना’ गठन गरी सशस्त्र सङ्घर्षमा जाने मार्ग तय गर्नेछ, तर तत्कालै सशस्त्र सङ्घर्षमा भने पार्टी होमिने छैन । बाबुराम भट्टराईलाई प्रधानमन्त्री पदबाट हटाउन सशक्त जनसङ्घर्षको कार्यक्रम गरिने पनि बताइएको छ ।
प्रचण्डलाई अध्यक्षबाट निष्काशन गरेपछि रिक्त हुन आएको पदमा मोहन वैद्यलाई चयन गरिने भएको छ भने पार्टीको वरिष्ठ उपाध्यक्षमा रामबहादुर थापा बादल, उपाध्यक्षमा सीपी गजुरेल र देव गुरुङ, महासचिवमा नेत्रविक्रम चन्द विप्लव, सचिवमा पम्फा भुषाललाई चयन गरिने सम्भावना प्रवल छ । यहांसम्म कि पार्टीबाट पहिल्यै अलग्गिएका नेताहरु मातृका यादव र मणि थापालाई पनि पदाधिकारीका रुपमा सामेल गराउने तयारी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर