मन्त्री परिषदद्धारा नेपाली सेनामा बढुवा, सरुवा र पदावधी थप

२३ जेष्ठ २०६९, मंगलवार ११:१८ मा प्रकाशित

काठमाडौ, २३ जेठ । मन्त्री परिषदले नेपाली सेनाका दुई जनालाई सहायक रथीमा बढुवा, ८ जनाको सरुवा र तीन जना सहायक रथीको पदावधी थप गरेको छ ।
मन्त्री परिषदको आजको बैठकले दिपप्रसाद भारती र देबेन्द्रबहादर मेधासीलाई सहायक रथीमा बढुवा गरेको छ भने सहायक रथीहरु ध्वनीदास काकी, विजेन्द्र गौतम, आमोसनरसिह राणा, टिकाराम भट्ट, ताराबहादुर कार्की, पूर्णबहादुर सिल्वाल, कमलेश बहादुर सिह र दिपक कार्कीको सरुवा गरेको छ । त्यसैगरी पद्म विलास कार्की, राजेशपन्त र विजय मोक्तानको पदावधी थप्ने निर्णय गरेको छ ।
बैठकले बैतडीमा एसएलसी दिन जादै गर्दा सामूहिक बलात्कारको सिकार बनेकी एक बालिकालाई उपचार खर्च स्वरुप एक लाख रुपैया सहयोग दिने निर्णय पनि गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बद्री प्रसाद न्यौपानेले जानकारी दिए ।
बैठककले प्रहरी ऐन २०१२, नियमावली २०३३ र ४९ शसस्त्र प्रहरी एन ५९ र नियमावली ६० अनुसार विभिन्न समयमा परेका उजुरी र विभागिय कारवाही छानविन गर्न एक समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । मन्त्री परिषदका कानून समिचवको संयोजकत्वमा बन्ने समितिमा कानून, गृह मन्त्रालयका सचिव मन्त्री परिषदका सहसचिव सदस्य सचिव रहने छन् ।
त्यसैगरी २०६० सालमा ताप्लेजुङको फुङलिङमा भएको आगालागीबाट पीडित पाँच परिवारले कृषि विकास बैंकबाट लिएको ऋण मिनाह गर्ने , बालाबालिका  राष्ट्रिय कार्ययोजना स्विकृत गर्ने , प्रधानन्यायाधिसको ब्राजिलमा हुने सम्मेलनमा सहभागिता अनुमोदन गर्ने, महान्याधिवक्ता मुक्ती प्रधानको अमेरिका भ्रमणलाई स्विकृत गर्ने, नेपाल चिन गृहसचिव स्तरीय बैठकमा सहभागी हुन गृहसचिव सुशिल जंग राणाको नेतृत्वमा आठ सदस्यीय टोली पठाउने निर्णय पनि बैठकलेगरेका छ ।
सो टोलीमा नेपाल प्रहरीका एआईजी अर्जुनजंग शाही, शसस्त्रका एआईजी, दुर्जकुमार राई, परराष्ट्रमन्त्रालयको सह र उपसचिव, अनुसन्धान विभागका नवराज थापा, गृहका उपसचिव एकमनी नेपाल, सम्भु प्रसाद घिमिरे र अध्यागन विभागका बरिष्ठ अधिकृत होमनाथ थपलिया सहभागी हुने छ ।
त्यसैगरी मोरङको पथरी बहुमुखी क्याम्पसकालागी बन क्षेत्रको जग्गा उपलब्ध गराउने, बुटवल बस टर्मिनलमा रहेको रुख हटाउने, माथिल्लो सानजेन जलविद्युत आयोजनाकोलागी सामूदायिक बनको क्षेत्र उपभोग गर्न दिने र आयोजनामा पर्ने रुख हटाउन अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी चिनको कुन्मीङमा हुने २० औ आयात निर्यात मेलामा सहभागि हुन टोली पठाउने, पेट्रोलियम पदार्थको सहज आपूर्तिकालागी ऋण उपलब्ध गराउने,  ब्राजिलमा हुने विज्ञान प्रविधि सम्बन्धी सम्मेलनमा टोली पठाउने, अखण्ड सुदुरपश्चिम समर्थक बार्ताटोलीलाई ल्याउन र फिर्ता पठाउन भएको खर्च अनुमोदन गर्ने, मानवअधिकार आयोगको सिफारिस बमोजिम क्षतीपूीर्त दिने ,  बनारस हिन्दु विश्व विद्यालयमा नेपाल सम्बन्धी बेन्च राख्ने, शिक्षा मन्त्रालयकालागी सवारी कर उपलब्ध गराउने, निर्णय पनि बैठकले गरेको छ ।
बैठकले राष्ट्रिय प्रशारण पाचौ संसोधन नियमावाली २०६७ अनुमोदन गर्ने, निजामती योगदान कोष सन्चालन नियमावली स्विकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।