आजदेखि १३ औं राष्ट्रिय सरसफाइ सप्ताह सुरु

२३ जेष्ठ २०६९, मंगलवार ०८:५५ मा प्रकाशित

काठमाडौ, २३ जेठ । सरकारले आजदेखि यही जेठ २९ गतेसम्म मुलुकभर विभिन्न कार्यक्रम गरी ‘१३ औं राष्ट्रिय सरसफाइ सप्ताह’ मनाउदैछ । राष्ट्रिय सरसफाइ समन्वय समितिका लागि खानेपानी तथा ढल निकास विभागका अनुसार सरसफाइसम्बन्धी फोटो प्रदर्शनी, सप्ताहभरि काठमाडौँमा उपलब्ध घुम्ती शौचालयमार्फत् सरसफाइ सन्देश प्रवाह गर्ने र २९ गते सरसफाइसम्बन्धी सांस्कृतिक कार्यक्रम गरी सप्ताहको समापन गरिनेछ । शहरी विकास मन्त्रालयका सचिव ताना गौतमले सरसफाइका सम्बन्धमा जनचेतना जगाउनु पर्नेमा जोड दिँदै खुला शौचालयबाट खुला दिसामुक्त क्षेत्रमा परिणत गर्नुपर्ने अवस्था चुनौतीपूर्ण रहेको बताउनुभयो । सन् २०१० को अध्ययन अनुसार सरसफाइमा ध्यान पुग्न नसकेका कारण वर्षेनी ३ हजार बालबालिकाको मृत्यु हुने गरेको छ भने १० अर्बभन्दा बढी रकम क्षति हुने गरेको छ । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुमनप्रसाद शर्माले नीति निर्माण तहमै सरसफाइको महत्व बुझाउन नसकिएको बताउनुभयो । सरसफाइका क्रियाकलापलाई प्रवद्र्धन गर्दै सम्पूर्ण घरधुरीमा सरसफाइको आधारभूत स्तरसम्मको सुविधा(चर्पी) उपलब्ध गराउन नेपाल सरकारले सन् २०१७ सम्मको लक्ष्य तय गरी गुरुयोजना तयार पारेको छ भने यो योजना गत २०६८ असोजदेखि कार्यान्वयनमा ल्याइसकेको छ । कास्की र चितवन जिल्ला, पोखरा उपमहानगरपालिका तथा धरान, रत्ननगर, भरतपुर र लेखनाथ नगरपालिका एवम् ३ सय ८७ वटा गाउँ विकास समिति र ११ सयभन्दा बढी विद्यालय खुला दिसामुक्त घोषणा गरिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज