सरकारले आज बृहद अन्र्तक्रिया गरेर संविधान नबन्नुको कारण सार्वजनिक गर्ने

२३ जेष्ठ २०६९, मंगलवार ०८:५० मा प्रकाशित

काठमाडौ, २३ जेठ । सरकारमा रहेका दलहरुले संविधान नबन्नुको कारण आज सार्वजनक गर्ने भएका छन् । काङ्ग्रेस र एमालेलाई मुख्य दोषी किटान गरेर संविधान नबन्नुको कारण सार्वजनिक गर्न आज बृहत अन्र्तक्रिया आयोजना गरिने भएको छ । अन्तरक्रियामा तीन सयभन्दा बढीलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  कार्यक्रममा नागरिक समाज, उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग परिसङ्घ, पेशागत सङ्घसस्था, नेपाल बार एशोसियसनलगायतका दुई दर्जन भन्दाबढी सङ्घसस्थालाई आमन्त्रण गरिएको छ । संविधानसभाबाट संविधान किन बन्न सकेन, नेपाली काङ्ग्रेस र नेकपा एमालेले किन संविधान बन्न दिएनन् भन्ने विषयमा सरकार सम्बद्ध दलले आफनो धारणा प्रष्ट राख्ने र अन्तरक्रियाबाट आएका सुझावका आधारमा अगाडि बढ्नेसमेत सञ्चार मन्त्री तथा फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो । अन्तरक्रियामा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार, सूचना तथा सञ्चारमन्त्री यादव लगायतका नेताहरूले आफनो धारणा राख्ने कार्यक्रम तय गरिएको छ । अन्र्तक्रिया दिउँसो २ बजे होटल याक एण्ड यतिमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस