प्रतिपक्षमा रहेका दलहरु विरोध सभाको तयारीमा

२३ जेष्ठ २०६९, मंगलवार ०८:४६ मा प्रकाशित

काठमाडौ, २३ जेठ । आगामी २६ गते हुने बहृत प्रदर्शन र सभासलाई सफल पार्न नेपाली काङ्ग्रेस र नेकपा एमाले लगायतका दलहरू सक्रिय रहेका छन् । सत्ता बाहिर रहेका १८ दलहरुको हिजोको बैठकको निर्णय अनुसार आज सयुक्त विरोधसभाको प्रचारप्रसार र तयारीका विषयमा थप छलफल हुने भएको छ । दलहरुले संविधान बन्न नसकेको कारण सहित संविधानसभाको अर्को चुनाव हुन नदिन विरोधका कार्यक्रम समेत सार्वजनिक गर्ने तयारी गरेका छन् । आज बिहान विरोधसभाको तयारीका लागि वृहत् संयुक्त विरोधसभा आयोजक समितिको बैठक बस्ने दलहरुले जनाएको छन् । प्रचारप्रसार, पर्चा पम्प्लेट, व्यानर, भित्तेलेखन लगायतका कार्यक्रमका बारेमा छलफल गर्न दिउँसो २ बजे शर्षि नेताहरु सहितको बैठक बसेर अनुमोदन गर्ने काङ्ग्रेसका महामन्त्री कृष्ण सिटौलाले जानकारी दिनुभयो । प्रतिपक्षमा रहेका दलहरुको बैठक दिउँसो २ बजे एमाले पार्टी कार्यालय बल्खुमा बस्ने तय गरिएको छ । विरोधसभालाई सशक्त एवं व्यवस्थितरूपमा आयोजना गर्न सबै दलहरूले आ–आफ्ना सम्पूर्ण सङ्गठनलाई सशक्तरूपमा परिचालन गर्ने हिजो निर्णय गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।