माओवादीले कत्लेआम गरेको वाँदरमुढे घटना भएको सात वर्ष पूरा

२३ जेष्ठ २०६९, मंगलवार ०८:४४ मा प्रकाशित

काठमाडौ, २३ जेठ । चितवनको माडी बाँदरमुढे घटना घटेको आज ७ वर्ष पूरा भएको छ । विसं २०६२ साल जेष्ठ २३ गते अर्थात आजकै दिन माडीको कल्याणपुरस्थित बाँदरमुढे खोलामा तत्कालिन नेकपा माओवादीले एम्बुस विष्फोट गराउँदा ३८ नागरिकको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए । माडीको अयोध्यापुरी– ९ बगईबाट यात्रु लिएर सदरमुकाम भरतपुरतर्फ आउँदै गरेको ना २ ख ३२४५ नम्बरको बस माओवादीले थापेको बिद्युतीय धरापमा परेको थियो । घटनाको स्मृतीमा घटनास्थल बांदरमुढे खोलामा आज आठौ वार्षिकी तथा शोकसभा आयोजना गरिएको छ । पीडित परिवारको सक्रिएतामा घटनास्थल बाँदरमुढे खोलामा निर्माण गरिएको स्मारकमा आज मृतकका आफन्तले दीप प्रज्वलन गर्ने कार्यक्रम छ । आजको स्मृती सभालाई बरिष्ठ पत्रकार युबराज घिमिरे, कनकमणी दिक्षित तथा अधिकारकर्मी सुबोध प्याकुरेलले सम्बोधन गर्ने बताइएको छ । घटनाका पीडितहरुले आजको दिनलाई कालो दिनका रुपमा लिंदै आएका छन् । बांदरमुढे घटनाकै कारण माओवादीले अन्तराष्ट्रीय जगतमा समेत आलोचित बन्नु परेको थियो । घटना घटेपछि माओबादीले पटक–पटक सरकारको नेतृत्व गरे पनि आफूहरुको पीडामा मलम लगाउन नसकेको पीडितहरुको गुनासो छ ।
यसैबीच पीडितको सक्रियतामा बनेको बाँदरमुढे स्मारक जोखिममा परेको छ । कल्याणपुर गाबिसको सर्बदलीय संयन्त्रले निर्णय एउटा र काम अर्को गर्दा स्मारक जोखीममा परेको पीति परिवारको गुनासपो छ । बाँदरमुढे स्मारक नेपाली सेनाको आर्थीक सहयोगमा झण्डै ५ लाखको लागतमा निर्माण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,