सरकार र प्रतिपक्ष एकअर्काको योजना असफल पार्ने रणनीतिमा

२३ जेष्ठ २०६९, मंगलवार ०८:४१ मा प्रकाशित

काठमाडौ, २३ जेठ । संविधानसभाको विघटनसँगै दुई धु्रवमा बाँडिएका सत्तापक्ष र प्रतिपक्ष दलहरु एकअर्काको अभियान असफल पार्ने रणनीतिमा लागेका छन् । सरकारले काङ्ग्रेस एमाले राष्ट्रपतिलाई सक्रिय गराएर शासन गर्ने अभियानमा लागेको भन्दै त्यसको प्रतिवाद गर्ने रणनीति बनाएको छ । काङ्ग्रेस, एमाले सहितका प्रतिपक्ष दलहरु पनि सरकारले घोषणा गरेको चुनाव कुनै पनि हालतमा हुन नदिने घोषणा सहित विरोधसभाको तयारीमा जुटेका छन् । दलहरुको छुट्टाछुट्टै तयारीले राजनीतिक सहमतिको सम्भावनालाई टाढा धकेल्दै गएको छ । बरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले सहमति भए निकासका धेरै बाटो भएको तर दलहरु आफ्नै रणनीतिमा लागे देश द्धन्द्धमा धकेलिदै जाने विश्लेषण गर्नुभयो । उहाँले दलहरुबीच सहमति गरेर राष्ट्रपतिलाई आग्रह गरे बाधा अड्काउ फुकाउ प्रयोग गरेर धेरै बाटोबाट निकास निकाल्न सकिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी