शरदसिहद्धारा विजय गच्छदार विरुद्ध मानहानीको मुद्दा दायर

२२ जेष्ठ २०६९, सोमबार १८:३० मा प्रकाशित

काठमाडौ, २२ जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ नेता शरदसिह भण्डारीले आफ्नै पार्टी अध्यक्ष विजय गच्छदार विरुद्ध अदालतमा मानहानीको मुद्दा दायर गरेका छन् ।
भण्डारीले पार्टीले आफूलाई लिखित स्पष्टिकरण सोध्नु पर्नेमा सार्वजनिक सन्चारमाध्यम गोरखापत्रमा स्पष्टिकरण प्रकाशित गरेर आफ्नो मान मर्दन गरेको भन्दै गच्छदार विरुद्ध मानहानीको मुद्दा दायर गरेका हुन ।
त्यस्तै भण्डारीले आफूलाई स्पष्टिकरण सोध्ने अधिकार केन्द्रीय समितिको मात्र भएकोमा अबैद्य रुपमा अनुशासन समितिले स्पष्टिकरण सोधेको भन्दै त्यसलाई अबैद्य घोषणा गर्न समेत उनले माग गरेका छन् ।
त्यसैगरी पार्टीले आफू विरुद्ध र त्यससँग सम्बन्धीत अन्य निर्णय अबैद्य रुपमा गरेको भन्दै भण्डारीले त्यस विरुद्ध स्टे अर्डर माग गर्दै अर्को रिट समेत दायर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा