सहमति बन्न नसके पनि संविधानसभा बाटै संविधान निर्माण हुने प्रचण्डको दावी

२२ जेष्ठ २०६९, सोमबार १८:०९ मा प्रकाशित

काठमाडौ, २२ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री हेइकी हेल्मासबीच आज भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटमा संविधानसभाबाट संविधान किन बन्न सकेन र नेपालको अबको राजनीतिक दिशा कस्तो हुनेछ भन्ने विषयमा जिज्ञासा राख्नुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । संविधानसभाबाट संविधान बन्न नसक्नुको पछाडि राजनीतिक दलहरुको बीचमा सहमति हुन नसक्नु नै प्रमुख कारण रहेको चर्चा गर्दै अध्यक्ष दाहालले सङ्घीयताको विषयमा दलहरु मतैक्य हुन नसक्दा परिस्थिति जटिल बनेको बताउनुभएको थियो । दलहरुको बीचमा सहमति हुन नसके पनि संविधानसभाबाटै संविधान निर्माण हुने र त्यसको लागि दलहरु मिलेर राष्ट्रिय सहमतिको सरकार गठन हुने विश्वास दिलाउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक