शान्ति संविधान र लोकतन्त्रको बाटोमा नै नेपाल अगाडि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता

२२ जेष्ठ २०६९, सोमबार १८:०७ मा प्रकाशित

काठमाडौ, २२ जेठ । प्रधानमन्त्री डा.बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदुत एस्कट एच डेलिसीबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ । भेटका क्रममा राजदुत डेलिसिले वर्तमान समसामयिक राजनीतिक अवस्थाको बारेमा चासो व्यक्त गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री डा. भट्टराईले संविधान निर्माण प्रक्रिया टुट्नु दुःखद र दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । उहाँले पहिचानसहितको सङ्घीय राज्य स्थापनको विषयमा नै दुई थरी दृष्टिकोणको अन्तरका कारणले नै संविधान बन्न नसकेको बताउनुभयो । संविधानसभाको म्याद थप्न नसकेपछि विघटन भएको बाध्यात्मक अवस्थामा निर्वाचनमा जानुपरेको पनि प्रधानमन्त्रीले बताउनुभयो । निर्वाचनमा जानु नै लोकतन्त्रको उत्तम विकल्प भएको धारणा प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । दलहरुबीचको तिक्तताको अन्य गरेर सहमतिकै साथ अगाडि बढ्ने पनि प्रधानमन्त्रीले बताउनुभयो । शान्ति संविधान र लोकतन्त्रको बाटोमा नै नेपाल अगाडि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । आर्थिक विकासका कामहरूलाई तिब्रता दिने बताउ¬ँदै वैदेशिक लगानी सुरक्षित हुनेमा ढुक्क रहन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । भेटमा राजदुत डेलिसीले शान्ति, विकास र लोकतन्त्रको पक्षमा सँधै ¬¬¬¬अमेरिकी सरकारले सहयोग गरिरहने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक