नवलपरासी र धनुषमा भएको सडक दुर्घटनामा सात जनाको ज्यान गयो

२२ जेष्ठ २०६९, सोमबार १८:०५ मा प्रकाशित

काठमाडौ, २१ जेठ । नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने झन्डढै २२ जना यात्रु घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ४०९४ नम्बरको यात्रुबहाक बस नवलपरासीको दाउन्ने भिरको एसमोडमा दुर्घटना भएको हो । रुपन्देहीको मैनैयाका किसानहरुलाई लिएर भ्रमणमा गएर फर्केको बस दुर्घटनामा परेकको हो । घाइतेमध्ये अधिकांशको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । घुमाउरो बाटोमा बस अनियन्त्रित भएर
सडकबाट करिब २०० मिटर तलखसेको घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक यदु रिमालले जानकारी दिनुभयो । घटनास्थलमा अहिले घाइते यात्रुहरुको उद्दार कार्य चलिरहेको छ । बसले केही यात्रुलाई च्यापेकाले उद्दार कार्यमा कठिनाई भैरहेको प्रहरीले बताएको छ । थप विवरण आउन बाँकी छ ।
त्यस्तै धनुषाको पूर्व–पश्चिम राजमार्गमा एक यात्रुबाहक बस पल्टिँदा दुईजनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी २६ जना घाइते भएका छन् । इलामबाट राजधानी काठमाडौँ गइरहेको ना ३ ख ७८९२ नं को यात्रुबाहक बस धनुषाको भिमानमा पल्टिँदा नाम ठेगाना नखुलेको अन्दाजी ४० वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । सोही दुर्घटनामा परी गम्भीर घाइते भएकी झापाकी दिलमाया लामाको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।  दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घाइते सातजनालाई काठमाडौँ र बाँकी १६ जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ । गाडी तीब्र गतिमा गुडिरहेकाले अनियन्त्रित हुँदा दुर्घटना हुन गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर