काग्रेसका पूर्व सभासदहरुलाई राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिकालागी पहल गर्न सुझाव

२२ जेष्ठ २०६९, सोमबार १५:१० मा प्रकाशित

काठमाडौ, २२ जेठ । राष्ट्रपति डा रामवरण यादवले मुलुकको वर्तमान समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता औँल्याउनुभएको छ । उहाँले सबै दलहरुबीच सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने धारणा राखेको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान सभासद् धनराज गुरुङले जानकारी दिनुभयो । विघटित संविधानसभा ब्युँताउनु पर्ने आग्रह लिएर  राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका पूर्व सभासद्हरुलाई उहाँले राष्ट्रिय सहमतिका लागि दबाब सिर्जना गर्ने सुझाव दिनुभएको थियो । ‘मुलुकको निकासका लागि सबै दलहरुबीच राष्ट्रिय सहमति आवश्यक छ,’ भेटमा राष्ट्रपति डा यादवको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य गुरुङले भन्नुभयो– ‘सहमतिमा दलहरुले गर्ने निर्णयलाई सबैले मान्नुपर्छ, म पनि त्यसकै आधारमा अगाडि बढ्ने हो ।’ काङ्ग्रेसका निवर्तमान चार दर्जनभन्दा बढी सभासद्ले संविधानसभा ब्युँताउनुपर्ने भन्दै हस्ताक्षर गरेलगत्तै उहाँहरुले आज राष्ट्रपति डा यादवसँग भेट गर्नुभएको हो । राष्ट्रपति डा यादवसँग भेट गर्न जानेहरुमा कमला पन्त, धनराज गुरुङ, जीवनप्रेम श्रेष्ठ, मोहन पाण्डेलगायत आठ– नौजना पूव सभासद्हरु हुनुहुन्थ्यो । यता, राष्ट्रपतिलाई भेट गर्ने विषयमा काङ्ग्रेसका पूर्व सभासद्हरुबीच विवाद भएको थियो । विवाद भएपछि शोभाकर पराजुलीसहितका सभासद् राष्ट्रपतिलाई भेट गर्न जानुभएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको