एमाले जिल्ला अध्यक्षहरूको विवाद आन्तरिक रूपमा मिलाउन आग्रह

२२ जेष्ठ २०६९, सोमबार १५:०७ मा प्रकाशित

काठमाडौ, २२ जेठ । नेकपा एमालेका विभिन्न जिल्लाका जनजाति नेताहरूले पार्टीभित्रको विवाद आन्तकरि रूपमै मिलाउन पार्टीका शीर्षनेताहरूलाई आग्रह गरेका छन् । उनीहरूले आज अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूलाई भेटी पार्टीमा कुनै पनि आँच आउन नदिन ध्यानाकर्षण गरेका हुन् । सङ्घीयताको विषयमा देखिएको विवादका कारण पार्टीमा फुटको कुरा उठ्न थालेपछि नेताहरूलाई सचेत गराउन उनीहरू राजधानी आइपुगेका हुन् । एमालेका आदिवासी जनजाति, मधेसी सबैको चित्त बुझाएर पार्टीलाई फुटबाट बचाउनुपर्ने उनीहरूको भनाइ छ । पार्टीमा विग्रह आउन नदिन नेताहरूले गम्भीर भएर लाग्ने आश्वासन दिएको पनि जिल्लाका जनजाति नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस