दृष्टिविहीन महिला क्रिकेटको उपाधि कास्कीलाई

२२ जेष्ठ २०६९, सोमबार १५:०४ मा प्रकाशित

पोखरा, २२ जेठ । नेत्रहीन क्रिकेट सङ्घ कास्कीको आयोजनामा शनिबारदेखि पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको खेलमैदानमा जारी छैटौ महिला दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधी कास्कीले जितेको छ । आज भएको फाइनल खेलमा चितवनलाई ११२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । टस हारेर ब्याटिङ गरेको कास्कीले निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर १८० रन जोडेको थियो । १८१ रनको चुनौती पछ्याउँदै ब्याटिङ् गरेको चितवनले ११.५ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र जोड्न सक्यो । प्रतियोगिताको ओमन अफ दि म्याच सर्वाधिक ५ विकेट लिएकी कास्कीकी भगवती भट्टराई चुनिएकी छन् । बिजेता कास्कीले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा कास्की, चितवन र लुम्बिनी गरी ३ टिमको सभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप लिग २ अघि आज  नेपाल र  क्यानडा एकदिवसीय क्रिकेट खेल खेल्दै छन् । खेल नेपाली समयअनुसार राति पौने

काठमाडौँ । भारतसँगको पाँचौँं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको छ । चौथो दिनको समाप्तिमा ३७८

काठमाडौँ । क्यानाडा भ्रमणमा रहेको नेपालले टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबमाथि शानदार जित हात पारेको छ । आइतबार राति ओन्टारियोलाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले

आजको प्रमुख समाचार