राष्ट्रपतिले सक्दैनन् भने जनताले देखाइदिन्छन्

२२ जेष्ठ २०६९, सोमबार १३:४६ मा प्रकाशित

उपेन्द्र यादव (अध्यक्ष, मधेसी जनअधिकार फोरम नेपाल)

० संविधानसभाको अवसान गरेर एकलौटी रुपमा चुनाव घोषणा गर्ने प्रधानमन्त्रीविरुद्ध कांगे्रस, एमाले जस्ता दलहरुले आन्दोलन घोषणा गरेका छन्, यसलाई तपाईंले कसरी लिनुभएको छ ?
– डा. बाबुराम भट्टराईको असंवैधानिक कदमका विरुद्ध कांगे्रस एमालेले आन्दोलनको घोषणा गर्नुलाई अस्वभाविक भन्न नसकिए पनि मैले पहिले पनि भनेको कुरा यहा“ पुनः दोहो¥याउन चाहन्छु कि यी तीनै दलका शीर्ष नेतृत्व संविधान नबनाउने कुरामा एकमत थिए । भट्टराईले अन्तरिम संविधान संशोधन नै नगरी व्यवस्थापिका संसदको अस्तित्व समेत मेटाइदिएकोले मात्र अहिले उनीहरु रुष्ट बनेका हुन् । संविधान नबनेकोमा कांगे्रस–एमालेले चित्त दुखाइएका हु“दैहोइनन् । आफूले भनेजस्तो नभएर तिल्मिएका उनीहरु आन्दोलनमा उत्रिनुलाई मैले अनौठो मानेको छैन ।
० यो आन्दोलनलाई तपाईंहरुको समर्थन रहन्छ कि रह“दैन त ?
– उनीहरुको मोर्चाबन्दीमा होइन हामी आफ्नै हिसावले अलग्गै आन्दोलनमा उत्रि“दैछौ“ ।
० १४ गते राती त तपाईं पनि उनीहरुस“गै राष्ट्रपतिकहा“ पुग्नुभएको थियो नि ?
– हो, गएको थिए“ । प्रधानमन्त्रीका रुपमा डा. भट्टराईले चालेको असंवैधानिक कदमको विरुद्ध आवश्यक कदम चाल्नका लागि आग्रह गर्न म पनि पुगेकै हु“ । तर जहा“सम्म आन्दोलनको सवाल छ, मधेसी जनअधिकार फोरम र वृहत मधेसी मोर्चाले आन्दोलनको आफ्नै कार्यक्रम ल्याउने छ ।
० वृहत मधेसी मोर्चाबाट त तपाईंलाई निष्कासन गरिएको भनेका छन् नि मोर्चासम्वद्ध केही माओवादी नेताहरुले त ?
– यो माओवादी नेताको मोर्चा हो र उनीहरुले जे भन्यो त्यही हुने ? यो त पार्टीहरुको मोर्चा हो । बाबुरामका सल्लाहकारहरु मधेसी आन्दोलनको पक्षमा छैनन्, उनीहरु आन्दोलनमा जान त मिल्दैमिलेन नि π त्यसैले आफैं अलग भएका हुन सक्छन् । प्रभु शाह र रामरिझन यादवहरुस“ग मिलेर काम गर्न सकिने अवस्था अब रहेन । वास्तविकतामा त यही हो कि वृहत मधेसी मोर्चा अझ सशक्त र व्यापक भएर अगाडि बढ्दैछ । आफ्नै बाहुबलमा आन्दोलनको तयारी गर्दैछौ“ हामी ।
० तपाईं त माओवादीको निकट नेताका रुपमा चिनिनुहुन्छ, यसरी माओवादी नेतृत्वको सरकारविरुद्ध आन्दोलनमा उत्रन सुहाउ“छ त ?
– माओवादी नेतृत्वको जुन सर्वसत्तावादी चिन्तन छ, सत्ता कब्जा गर्ने र अभीष्ट सिद्धि गर्ने उसको जुन चाहना छ त्यसविरुद्ध आन्दोलनमा उत्रिनैपर्छ हामी । जुन लक्ष्यका लागि वृहत मधेसी मोर्चा निर्माण भएको हो त्यस लक्ष्यप्राप्तिका लागि अब मोर्चा अघि बढ्छ । माओवादी यस मोर्चाको कदमका विरुद्धमा उभिएको छ, यसको सामना हामी गर्ने नै छौ“ ।
० तपार्इंहरुले गर्ने आन्दोलनको तत्कालीन मूल माग या उद्देश्यचाहि“ के हो त ?
– बाबुराम भट्टराईले तत्काल राजिनामा दिनुपर्छ होइन भने उनलाई बर्खास्त गरिनुपर्छ भन्ने हाम्रो धारणा हो ।
० राष्ट्रपतिले बर्खास्तगीको कदम नचाले के हुन्छ ?
– त्यस अवस्थामा त जनताले नै त्यो अभिभारा उठाउनुपर्ने हुन्छ । राष्ट्रपतिले गर्दैनन् भने जनताले बर्खास्त गरिदिन्छन् ।
० राष्ट्रपतिले जथाभावी त्यस्तो कदम उठाउन मिल्ला र ?
– राष्ट्रपति संविधानका संरक्षक हुन् । संविधानको संरक्षणका लागि त कदम उठाउनै पर्छ । अवैधानिक कार्यविरुद्ध राष्ट्रपतिले कदम चाल्नसक्ने आधारहरु छन् । जबसम्म प्रधानमन्त्री संविधानको दायराभित्र रहन्छन् राष्ट्रपतिले केही गर्न सक्दैनन्, तर संविधानको दायरा नाघेपछि त त्यसविरुद्ध कदम चाल्न सक्छन् नि ।
० प्रधानमन्त्रीले संवधान उल्लंघन गरेकै हुन् त ?
– असंवैधानिक कदम चालेकै हुन् प्रधानमन्त्रीले । संविधानमा प्रावधान नै नभएको कुरामा प्रधानमन्त्रीले जबर्जस्ती निर्वाचनको घोषणा गरेका छन् । संविधानसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री पनि हुन सक्दैन । त्यसैले अहिले बाबुरामजीको हैसियत कार्यकारी प्रधानमन्त्री हु“दैहोइन जो उनले दाबी गरिरहेका छन् ।
० अहिले प्रधानमन्त्रीको हैसियत के हो त ?
– उनको हैसियत ‘काम चलाउ’ मात्रै हो ।
० प्रधानमन्त्रीलाई राष्ट्रपतिले हटाए भने त्यो कदम संविधानविपरित हुन्छ भन्नेहरु पनि त छन् नि ?
– प्रधानमन्त्रीका आउरे–बाउरे धुपाउरेहरुले त्यसो भन्दैमा हुन्छ र ? यो सरकार भङ्ग नगरी, बाबुरामलाई प्रधानमन्त्रीबाट नहटाई यतिबेला उत्पन्न संवैधानिक संकट र राजनीतिक रिक्तताको अन्त्य हुन सक्दैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट प्रमुखको

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो ।

काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी