प्रधानमन्त्रीलाई पदमुक्त गरि गोलमेच सम्मेलनबाट चुनावीव सरकार गठन गर्न राष्ट्रपति समक्ष माग

२२ जेष्ठ २०६९, सोमबार १३:२२ मा प्रकाशित

काठमाडौ, २२ जेठ । बृहद मधेसी मोर्चाले प्रधानमन्त्री डा बाुबराम भट्टराईलाई पदमुक्त गर्न राष्ट्रपति डा रामबरण यादवसँग आग्रह गरेका छन् ।
मोर्चाका नेताहरुले आज राष्ट्रपति डा रामबरण यादवलाई भेटेर त्यस्तो आग्रह गरेका हुन । मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई पदमुक्त गरेर गोलमेच सम्मेलन मार्फत सहमतिको चुनावी सरकार गठन गर्न तर्फ पहल थाल्न पनि राष्ट्रीय समक्ष आग्रह गरेका थिए ।
राष्ट्रपतिले भने आफू अन्तरिम संविधान मातहत नै रहेकोले संविधानको मातहतमै रही उपयूक्त निकासकोलागी प्रयासरत रहेको बताएका थिए । उनले आफूले सविधान र कानून सम्मत रुपमा छिट्टै निर्णय गर्ने समेत स्पष्त पारेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनले मोर्चाको तर्फबाट सरकारले असम्बैधानिक कदम चालेको, मुलुकलाई गद्दार गरेको र संकटमा धकेलेकोले  तत्काल प्रधानमन्त्रीलाई पदमुक्त गर्न भनेका थिए ।
भेटमा माओवादीका शिवराम यादव, फोरम लोकतान्त्रिकका शरदसिह भण्डारी, संघीय सदभावना पार्टीका महासचिव महेश यादव , राष्ट्रिय सदभावना पार्टीका रामनरेश यादव सहितका करिब एक दर्जन नेताहरु सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।