काग्रेस एमाले गठबन्धन विरुद्ध आन्दोलनलाई लिएर विवाद सत्तारुढ दल विभाजित

२२ जेष्ठ २०६९, सोमबार १२:५१ मा प्रकाशित

काठमाडौ, २२ जेठ । प्रधानमन्त्रीको राजिनामा माग्दै नेपाली काग्रेस र नेकपा एमालेको गठबन्धनले आगामि जेठ २६ गते आयोजना गरेको आमसभाको विपक्षमा आमसभा गर्ने विषयलाई लिएर सत्तारुढ दल विभाजित बनेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ १८ दलको बैठकमा माओवादी र मधेसी मोर्चाले काग्रेस र एमालेको आमसभा विरुद्ध जेठ २८ गते आमसभा गर्ने विषयमा अडान लिएपछि गठबन्धनमा विभाजन आएको थियो ।
सहकारी तथा गरिवी निवारण मन्त्री एकनाथ ढकालले काग्रेस र एमालेले आन्दोलन गरिरहेको बेला सत्तारुढ दलसमेत सडकमा उत्रिए मुलुकमा राजनीतिक सहमतिको ठाँउमा भिडन्त र द्धन्द्ध बढ्ने भएकोले आफू सहितका साना दलहरु त्यसको विपक्षमा उभिएको जानकारी दिए ।
तमलोपा नेपालका नेता दानबहादुर चौधरीले भने काग्रेस र एमालेले जनप्रर्दशनबाट राष्ट्रपतिलाई दवाव दिएर सरकार विघठन गराउने षडयन्त्र गरेको भन्दै त्यसका विरुद्ध सत्तारुढ दलहरुले पनि संविधानसभा विघठनको कारण लगायतका विषयमा असार २८ गते आमसभा गरेर धारणा सार्वजनिक गर्ने बताए ।
उनले सहमतिको सरकार आवश्यक रहेको र सहमति विना मंसिर ७ मा निर्वाचन हुन नसक्ने बताए पनि संघीयता विरोधीहरुको पर्दाफास गर्न आमसभा आवश्यक रहेकोमा जोड दिए । उनले जेठ २८ मा आमसभा गर्ने प्रस्ताव भए पनि भोली बैठक बसेर सो विषयमा ठोस निर्णय लिईने बताए ।
सत्तारुढ दलहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा भोली अपरान्ह २ बजे नागरिक समाज र बुद्धिजीविहरुसँग छलफल गर्ने कार्यक्रम भने तय गरेका छन् । बैठकमा स्वयम माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै आफ्नो धारणा राख्न आमसभा गर्ने प्रस्ताव गरेको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको