जीप दुर्घटनामा बैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशकको मृत्यू

२२ जेष्ठ २०६९, सोमबार १२:४१ मा प्रकाशित

मकवानपुरको भीमभेदीमा सवारी दुर्घटना परी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाको मृत्यु भएको छ । काठमाण्डूबाट  रौतहट जान लागेको बा ८ च ४६१८ निजी गाडी सडकबाट एक सय फिट तल खसेर दुर्घटना भएको थियो । स्थानेश्वर देवकोटाले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा जिम्मेवारी संहाल्नुभएको थियो । आज बिहान भीमभेदीको जुरीखेतमा निजी जीप दुर्घटना हुँदा काठमाण्डूका राकेश पन्तको पनि मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका सवारी चालक राजु तामाङलाई उपचारका लागि काठमाण्डू लगिएको छ ।  रोजगार प्रवद्र्धन वोर्डका कार्यकारी निर्देशक देवकोटा रौतहटमा आफ्ना बिरामी बुबालाई भेट्न जाँदै गर्दा दुर्घटना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा