श्रीलंका विरुद्धको क्रिकेटमा पाकिस्तानको जित

२२ जेष्ठ २०६९, सोमबार ०८:५५ मा प्रकाशित

काठमाडौ, २२ जेठ । श्रीलंका विरुद्धको दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा पाकिस्तानले २३ रनले जित हात पारेको छ । जितसँगै दुई ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगीताको श्रृङ्खला १–१ को वरावरी भएको छ । गएराती हम्वान्तोतामा १ सय २३ रनको लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंकालाई ९९ रनमा रोक्दै खेल पाकिस्तानले आफ्नो पक्षमा पारेको हो । श्रीलंकाका लागि चामरा कापुगेदेराले १९ तथा तिलकरत्ने दिलशान र लाहिरु थिरिमिनीले समान १८÷१८ रन जोड्न वाहेक अरुले राम्रो प्रर्दशन गर्न सकेनन् । श्रीलंकालाई सस्तैमा समट्ने क्रममा पाकिस्तानका यासिर अराफत र महोमद शमीले समान ३÷२ विकेट लिए । त्यस्तै साहिद अफ्रिदीले २ तथा सोहेल तनविर र शईद अजमलले १÷१ विकेट आफ्नो खातामा लेखाए । यस अघि टस जितेर पहिलो व्याटिङ गरेको पाकिस्तानले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन वनाएको थियो । पाकिस्तानका अल राउण्डर सहिद अफ्रिदीले सर्वाधिक ५२ रनको योगदान दिए । मोहमद हाफिजले २४ तथा सोयव मल्लिकले २७ रन जोडे । श्रीलंका वसाईका क्रममा पाकिस्तानले एक दिवसिय र टेष्ट म्याच पनि खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६