यूएईमा अर्को एक नेपालीको मत्यु

२१ जेष्ठ २०६९, आईतवार २१:५५ मा प्रकाशित

श्याम शंकल्प,यूएई । खाडी मुलुक आएर कामगर्ने प्रवासी नेपालीहरु माझ एउटा अर्को दुखद घटनाले सबैलाई शोकाकुल बनाएको छ । यही मे २८ तारिख २०१२ का दिन कोडागीठी गा.बि.स.- ७, सल्यान घर भएका नेत्रलाल बुढाथोकीको हृदयघातका कारण आकस्मिक निधन भएको छ ।

उनी अबुधाबीको मुसफा भन्ने ठाउमा कम्पनीले दिएको रुममा बस्दै आएका थिए । सदा झै नियमित कामबाट फर्किएर बेलुकाको खाना साथीहरु संगै खाएर टि.भी.हेरेर साथीहरु भन्दा अल्ली अबेर सामान्य रूपमा राती ११ बजे तिर सुतेका थिए । उनी सुतेको लगभग २-३ घण्टा पछि नै एक्कासी छटपटिन थाले र साथीहरुले उठेर वत्ती बालेर हेर्दा मुखबाट हल्का पानी निस्केको जस्तो देखिएपछि सबै जना आतिदै तत्कालै नजिकैको सेक्युरिटीलाई खबर गरेका थिए । तत्पश्चात साथीहरुले बोलाउदा र चलाउदा पनी बोल्न र चल्न छोडेकोले सबैजना सशंकित भएर सेक्युरिटी सहित सबैजनाले हेर्दा उनको निधन भैसकेको कुरा उनी संगै बस्ने साथीहरुले जानकारी गराएका छन् । यतिबेला उनको लाशलाई प्रहरीले पोस्टमार्टम लागि नियन्त्रणमा राखेको छ । उनी संगै बस्ने साथीहरुलाई समेत बोलाएर घटनाको बारेमा प्रहरीले बिष्तृत जानकारी पनि लिईसकेको छ।

एस.एम.सी. नामको क्लिनिंग कम्पनीमा ५ महिना देखि काम गर्न सुरु गरेका उनी २३ बर्षका मात्र थिए । प्रेम बिवाह गरेका उनको श्रीमती र २ बर्षको छोरा समेत छन् । जाड रक्सि जस्ता लागुपदार्थ सेवन नगर्ने बुढाथोकी साथीहरु माझ अत्यन्त नरम स्वभावका मिजासिला मान्छे भनेर चिनिन्थे । अत्यन्त कम्ति तलबमा आएको ५ महिना मात्रै भएकोले उनको आउदाको ऋणसमेत चुक्ता नभएको र नाबालक छोराको पालन पोषण र पढ्दै गरेकी उनकी श्रीमतीलाई नेपालीसाथीहरुले समेत सक्दो सहयोग गर्ने भएका छन ।

जनप्रगतिशील मंच यू.ए.ई.का महासचिब श्याम “शंकल्प” र भू.पु. केन्द्रिय समिति सदस्य मिलन लिम्बुको सुझाब र सल्लाह सहित उनी संगै बस्ने र काम गर्ने जाफिर अलि र रञ्‍जित पाठक भन्ने नेपालीसाथीहरुको बिशेष सक्रियतामा उनलाई सहयोग जुटाउने पहल समेत सुरु भइ सकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न