अमेरिकामा लोक, संस्कृतीका अग्रज डा. सत्यमोहन जोशीको भव्य अभिनन्दन

२१ जेष्ठ २०६९, आईतवार २१:५२ मा प्रकाशित

वाशिंगटन डिसी, अमेरिका । नेपालको लोक, संस्कृतीका अग्रज ९२ बर्षीय डा. सत्यमोहन जोशीलाई अमेरिकाको वाशिंगटन डिसी मा भव्य अभिनन्दन गरियो ।राजधानी वाशिंगटन डिसी नगिचै भर्जिनियाको भियनामा आयोजित अभिनन्दन समारोहमा अमेरिकाका लागी महामहिम राजदुत डा. शंकर प्रसाद शर्माले ९२ बर्षीय सत्यमोहन जोशीलाई फूलमाला ओडाएर, अभिनन्दन-पत्र हस्तान्तरण गरेर भव्य अभिनन्दन गरे ।

कार्यक्रम आयोजकको तर्फबाट नेपाली साहित्यिक प्रतिस्ठान, उत्तर अमेरिकाका अध्यक्ष बसन्त श्रेष्ठले डा. सत्यमोहन जोशीको योगदानको परिचय दिँदै, नेपालको पहिलो मदन पुरुस्कार समेत तिन पटक मदन पुरुस्कार प्राप्त गर्ने सत्यमोहन जोशी पहिलो व्यक्ती भएको जानकारी गराऊँदै, डा. सत्यमोहन जोशी नेपालको पहिलो पुरातत्वोविद र राणा शासनको पालामा लेखेर विक्रम सम्बत २०१३ सालमा प्रकाशीत उहाँको “हाम्रो संस्कृती” शिर्षकको लोक गीतीसंग्रह नै नेपाली लोक, संस्कृतीको पहिलो प्रकाशन भएको जानाकारी गराए ।

अभिनन्दित ९२ बर्षीय डा. सत्यमोहन जोशीले नेपालमा कहिले र कसरी “मानब बस्ती” बसेको ? भन्ने अनुसन्धान विक्रम सम्बत २०१५ सालमा कर्णाली गएर सबैभन्दा पहिले आफुले गरेको जानाकारी गराऊँदै,

विक्रम सम्बत २००१ सालमा लोक दोहोरी गीत सबैभन्दा पहिले आफुले छापेको बताए । त्यो जमानामा तनहुँको गाउँघरको खेतबारी, मेलापात, बन जंगलमा दाउरा घाँस काट्दा गाईने गरेको ठेट लोकगीत “बर पिपल रोपेको ठाऊँमा, कसले हाल्यो चौतारी ?”, “के खायो के लायो होला बनको जुरेली चरीले ?” भन्ने गीतको टुक्का ९२ बर्षीय बृद्धले कार्यक्रममा सुनाऊँदा ऊपस्थित अमेरिकाबासी नेपालीहरू तिनछक परे ।

 

 

उमेरको कारणले मञ्चमा उभिईरहन गार्हो हुने भएकोले,  डा. जोशीलाई आयोजकहरूले बसेरै बोल्ने व्यवस्था गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS), वाशिंगटन डि सी मेट्रो च्याप्टरका अध्यक्ष प्रकाश नेपालले स्वागत भाषण गरेको उक्त कार्यक्रम कवि हेमन्त श्रेष्ठले आकर्षक पाराले सञ्चालन गरेका थिए। कार्यक्रम अन्तरास्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष बरिष्ठ साहित्यकार होमनाथ सुबेदीको अध्यक्षतामा भएको थियो ।

 
अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डि सीका निबर्तमान अध्यक्ष खेम भट्टचन, नेपाली चलचित्रका बरिष्ठ नायक सरोज खनाल, नेपाल टेलिभिजनकी पहिलो समाचार-वाचिका रमा शिंह, दुतावासका प्रथम सचिब आनन्द शर्मा लगायत भर्जिनिया, डि सी, म्यारिल्याण्डबासी नेपालीहरू कार्यक्रममा सहभागी थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो