काग्रेसका ६१ पूर्व सभासदद्धारा संविधानसभा पुर्नस्थापनाको माग

२१ जेष्ठ २०६९, आईतवार २०:५० मा प्रकाशित

काठमाडौ, २१ जेठ । नेपाली काग्रेसका ६१ जना पूर्व सभासद्हरुले गत जेठ १४ गते विघठन भएको संविधानसभा पुनस्थापनाको माग गरेका छन् ।
आज शान्ति नगरमा भएको काग्रेस पूर्व सभासदहरुको भेलाले त्यस्तो माग गरेको हो  । उनीहरुले मुलुक निकास बिहीन अवस्थामा पुगेको उल्लेख गर्दै पुनस्थापनाको माग गरेका हुन् ।
यसरी संविधानसभा पुर्नस्थापनाको माग गर्नेहरुमा जीवनप्रेम श्रेष्ठ, शोभाकर पराजुली, मोहन पाण्डे, कुमार राई, देवराज जोशी, कृष्ण ठाकुर, जिपछिरिङ लामा शेर्पा, शिवचन्द्र मिश्र, रामसरोज रिजाल, शम्भु हजारा दुसाध, महेन्द्रध्वज जीसी, कल्पना सोप, कृष्णकुमार परियार, हर्षजीत लामा, विमला नेपाली, मोहम्मदी शिद्धिकी, लिला सुब्बा, रागबति चौधरी, भोटनी देवी खवास, महा नेपाली, विरेन्द्र माझी, किरण यादव, ललिता किङरिङ मगर, ध्यान गोविन्द रंजित, मानवहादुर महतो, मुन्नी कुमारी गुप्ता, चन्द्रराम टमटा, सरस्वती चौधरी, कृष्ण यादव, अजय द्धिवेदी, अजय चौरासिया, रत्ना शेरचन, धनराज गुरुङ, कमला पन्त, उषा गुरुङ, सावित्री सिंह, रामकृष्ण चित्रकार, सिता गुरुङ, इश्वरी न्यौपाने, उर्मिला थापा, रमा गुरागाई, निर्मला प्रसाई, खडकावहादुर बस्याल, मिनाक्षी झा, विना पौडेल, तिर्थराम डंगोल, कविता सरदार बातर, पासाङ शेर्पा, प्रमिला राई, दुधकुमारी हमाल, उमा रेग्मी, चक्रबहादुर ठकुरी, लक्ष्मी परियार, कमला पन्त, हिरा गुरुङ, जगदिश्वर नरसिंह केसी, सुनदेवी जोशी, सुप्रभा घिमिरे, रामेश्वर रौनियार, ओमप्रकाश शर्मा र कृष्ण अमात्य रहेका छन् ।
माओवादी र माओवादी नेतृत्वको सरकारले संविधानसभाको विघटन गरेर सत्ताकब्जाको खेल खेलेको आरोप लगाउँदै उनीहरुले सहमतिको ढोका सरकार र माओवादीले बन्द गरेको दावीपसमेत लगाएका छन् ।
उनीहरुले मुलुक जटिल अवस्थामा रहेको बेला निकास राष्ट्रिय सहमति, एकता र सहकार्य भएको उल्लेख गर्दै सहमतिको विकल्प अनुपयूक्त हुने सुझाव समेत दिएका छन् । उनीहरुले अन्तरिम संविधान २०६३ मा संशोधन विना निर्वाचन असंभव रहेको उल्लेख गर्दै जनताद्धारा निर्वाचित एक मात्र निकाय संविधानसभाको पुनस्थापना नै समाधानको उपाय रहेको पनि उनीहरुको मत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत