चितवन र कास्की महिला दृष्टिविहिन खेलको फाइनलमा

२१ जेष्ठ २०६९, आईतवार १८:३१ मा प्रकाशित

पोखरा, २१ जेठ । पोखरामा जारी महिला दृष्टी विहिनहरुको क्रिकेट फाईनलमा चितवन र कास्की फाईनलमा पुगेका छन् । नेत्रहिन क्रिकेट संघ कास्कीको आयोजनामा शनिबारदेखि पोखराको नदिपुरस्थित नगर प्रशिक्षण केन्द्रको खेलमैदानमा जारी छैटौ महिला दृष्टिविहिन क्रिकेट प्रतियोगितामा चितवन र  लुम्विनीबीच भएको खेलमा चितवनले लुम्विनीलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्विनीले निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर १०४ रन जोडेको थियो । १०५ रनको लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ्गमा उत्रेको चितवनले २० ओभरमा १ विकेट गुमाएर लक्ष्य भेटाएको थियो । प्रतियोगिताको ओमन अफ दि म्याच चितवनका विनिता श्रेष्ठ चुनिनु भएको छ । उहांले ५६ रन जोड्नु भएको थियो । आजको विजेता चितवनले भोलि प्रतियोगिताको अन्तिम दिन कास्कीको सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले