पार्टी एकताका लागि एमालेका जिल्ला अध्यक्षहरुद्धारा दवाव अभियान सुरु

२१ जेष्ठ २०६९, आईतवार १८:३० मा प्रकाशित

काठमाडौ, २१ जेठ । पार्टी एकता कायम राख्न एमाले भूगोलका जनजाति अध्यक्षले दवाव अभियान सुरु गरेका छन् । आज काठमाण्डुमा बैठक गरि ओखलढुङ्गा, भोजपुर, दोलखा, सिन्धुलीलगायतका जिल्लाका करिब ३ दर्जन अध्यक्षहरुले पार्टी एकताका लागि दबाब अभियान सुरु गर्ने निर्णय छ । उनीहरुले भोलिदेखि पार्टीको उच्च नेतृत्व र जनजाति मधेसी नेताहरुलाई छुट्टा छुट्टै भेटी एकताको दवा दिने बताएका छन् । एमाले ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष यज्ञ सुनुवारले जनजाती, मधेसी नेताहरुले उठाएका मागलाई पार्टीभित्र नै सम्वोधन हुने गरी र पार्टी एकता कायम राख्ने गरि दवाव दिने निर्णय गरेको जानकारी दिनुभयो । अध्यक्ष सुनुवारले भोलि बिहान एमाले अध्यक्ष झलनाथ खनालासँग भेटपछि सबै नेताहरुलाई भेटेर दवाव दिने बताउनुभयो । जनजाती र मधेसी नेताहरुलाई पनि पार्टीभित्रै आफ्ना असन्तुष्टि राखेर समाधान खोज्न भूगोलका अध्यक्षले आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ