छुवाछूतसम्बन्धी कानूनको कार्यान्वयनमा प्रधानमन्त्रीको जोड

२१ जेष्ठ २०६९, आईतवार १८:२८ मा प्रकाशित

काठमाडौ, २१ जेठ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलित समुदायप्रति भेदभाव गर्नेहरुलाई कानुन अनुसार कारवाही गर्ने बताउनुभएको छ । छुवाछूतमुक्त राष्ट्र घोषणाको छैटौं वर्ष पुगेको अवसरमा आज राजधानीमा गरिएको कार्यक्रममा उहाँले जातीय भेदभाव तथा कसुर ऐन २०६८ लाई व्यावहारिक रुपमा कार्यान्वयन गरिए धेरै समस्या समाधान हुने बताउनुभयो । उहाँले ऐन तथा कानुनको निर्माणका साथै व्यावहारिक कार्यान्यवन पनि त्यत्तिकै महत्वपूर्ण भएको बताउनुभयो । प्रधानमन्त्री कार्यालयमा दलितहरुको समस्या हेर्न उच्चस्तरीय संयन्त्र गठन गरिएको र त्यसलाई सहयोग गर्न सल्लाहकार समितिसमेत गठन गरिएको जानकारी गराउँदै प्रधानमन्त्रीले दलित समुदाय आर्थिक रुपमा सबल नहुँदासम्म विभेदको अन्त्य नहुने बताउनुभयो । कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव माधव घिमिरेले वर्तमान सरकारले दलितहरुलाई अधिकार सम्पन्न गराउन महत्वपूर्ण योगदान गरेको बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले मानवीय कुरितीको रुपमा रहेको भेदभावलाई अन्त्य गर्न राजनीतिक दलहरुले नै प्रमुख भूमिका खेल्नुपर्ने बताउनुभयो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँदताराले सकारात्मक विभेदको शुरुवात गरेर दलित समुदायलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस